बसले ठक्कर दिदाँ एक जना महिलाको ज्यान गयो

  कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ पुर्व पश्चिम राजमार्ग बृद्दाश्रम जाने बाटोको नजिक बसले ठक्कर दिदाँ एक जना महिलाको ज्यान गएको छ । कञ्चनपुरको महेन्द्रनगर देखि गुलरिया गइरहेको ना ४ ख ८०७७ नम्वरको बसले ठक्कर दिदाँ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ की ३० वर्षीया बिमलादेवी जोशीको ज्यान गएको हो ।

 बसको ठक्करबाट गम्भीर घाइते जोशीको उपचारकालागि महाकाली अस्पतालमा पु¥याएकोमा चिकित्सकले ज्यान गएको घोषणा गर्नु भएको हो ।

 

बस चालक कञ्चनपुरको वनगाउका राजेन्द्र जोशीलाई र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटना पछि पुर्वपश्चिम राजमार्गमा टायर बालेर विरोध प्रदर्शन गरी रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.