कञ्चनपुरको वेदकोट नगरपालिकामा ५ दिने व्यवसायिक बाख्रा पालन तालिम सुरु भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको सहयोगमा सामुदायिक महिला तथा बालबालिका बिकास केन्द्र ,नेपाल द्वारा आयोजित दलित समुदायका युवाका लागि ५ दिने व्यवसायिक बाख्रा पालन तालिम सुरु भएको हो ।
उक्त कार्यक्रममा कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा र उप–प्रमुख तुलसी जोशी लगायतको सहभागिता रहेको थियो ।