बिहीबार हुने राष्ट्रिय सभाको चुनावका लागि मौन अवधि आज राति १२ बजेदेखि सुरु

बिहीबार हुने राष्ट्रिय सभाको चुनावका लागि मौन अवधि आज रातिदेखि सुरु हुँदैछ ।आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले आज दिनभर मात्रै चुनावको प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर मत माग्न र चुनाव प्रचारप्रसार लगायत चुनाव, मतदाता र मतदानलाई प्रभाव पार्ने कुनै पनि काम गर्न नपाइने आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा १८ जना सदस्यका लागि सातै वटा प्रदेशमा आउँदाे बिहीबार चुनाव हुँदैछ । चुनावमा प्रदेशसभाका सांसद तथा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.