१९५० को सन्धि, सीमा र ईपीजी समस्या कूटनीतिक माध्यम बाट समाधान गर्नु पर्ने–प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत बीच भएको सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको विषय कूटनीतिक माध्यम बाट समाधान गर्नुपर्ने बताउनु भएको छ ।
भारत भ्रमणमा रहेका उहाले शनिबार फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले नया दिल्लीमा आयोजना गरेको कार्यक्रममा उहाले यी समस्यालाई असल छिमेकीको भावना बाट समाधान गर्न सकिने बताउनु भएको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल–भारत बीचको सम्बन्ध परापूर्वकाल देखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्याम बाट समाधान गर्न सकिने बताउनु भएको छ । नेपाल र भारत बीच भएको सन् १९५० को सन्धि पुनरावलोकन लगायतका विषयमा सुझाव दिन दुई देशकै प्रतिनिधिको सहभागितामा प्रवुद्ध व्यक्ति समूह गठन भएको थियो ।
उक्त समूहले तयार पारेको प्रतिवेदन अहिले सम्म नेपाल र भारत दुबै तर्फको सरकारले बुझेको छैन । पहिले भारतीय प्रधानमन्त्रीले र त्यसपछि नेपालका प्रतिनिधिले बुझ्ने भनिए पनि भारतीय प्रधानमन्त्रीले अहिले सम्म समय दिएका छैनन् ।
अध्यक्ष प्रचण्डले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारत संग आग्रह गरेका छन् । उहाले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको पनि बताउनु भएको छ ।
सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा गएका हुन् । यस क्रममा उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकर संग भेट गरेका छन् । उहाले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग भेट गर्नेछन् ।

सम्बन्धित

Comments are closed.