पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको ज्यान गएको छ ।
यस संगै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जस मध्ये २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
यो संगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ ।