महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १० मा आँखा शिविर सम्पन्न गरिएको छ । वुधवार वडा कार्यालयमा आयोजना गरिएको आँखा शिविरबाट ४ सय २६ जनाले सेवा पाएका छन् । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा आँखा सिविर सम्पन्न भएको हो ।

पेसवानका सदस्य दमन चन्दका अनुसार ६१ जनाको आँखाको शल्यक्रिया गरिने माघ २५ गते धनगढी लैजाने उनले बताए । उक्त शल्यक्रियाको सबै खर्च च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीले बेहोर्ने भएका छन् । साथै उक्त शिविरमा १ सय २२ जनालाई निशुल्क चश्मा पनि प्रदान गरिएको छ । आफनै वडामा आँखाको उपचार पाएपछि स्थानियहरुले खुसी व्यक्त गरेका छन् । स्थानिय विनोद शार्कीले आँखामा समस्या भएको बताउँदै उपचार पछि निको भएको बताए ।

आँखामा समस्या रहेको बताउँदै उनले बजार गएर महँगो उपचार गर्न नपर्ने बताईन् । उनले उपचार पछि चश्मा पनि पाएपछि अहिले आँखा देख्ने भएको बताए ।यस्तै, आँखाको उपचार गर्नका लागी सिविरमा पुगेका ७० वर्षका राम भट्टले पनि आफुले आँखा सिविरबाट उपचार पाएपछि सजिलो भएको बताए । उनले आँखा रसाउने, पानी आउँने समस्या रहेको र आज भएको सिविरबाट आँखाको उपचार पाएपछि समस्या समाधान भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष महेश चन्दले आफनो वडामा आँखाको सिविर संचालन गर्ने सबै संस्थालाई धन्यवाद व्यक्त गरे, साथै आफना वडामा जनजाती दलितहरुको बाहुल्यता रहेको र सबैले यो सिविरबाट सेवा पाएपछि खुशी भएको बताए । साथै उनले आगामी दिनहरुमा पनि यस्तै खाले अन्य स्वास्थ्य सिविर संचालन गर्नका लागी पनि संस्थालाई आग्रह समेत गरे ।
संस्थाका सदस्य दमन चन्दले माघ २५ गते पनि वडा नं. १० को हरियाली कृषक बहुमुखी सहकारी तिल्केनिमा सन्चालन हुने जानकारी दिएका छन् । साथै उनले फागुन ५ गते सम्म भिमदत्त नगरपालिकाका सम्पुर्ण वडामा आँखा शिविर सन्चालन गरिने बताए ।
Comments are closed.