महेन्द्रनगर । कञ्चनपुरमा चुरे क्षेत्रलाई संरक्षण गरिनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताउनु भएको छ । यूएसएआइडी बायोडाईबरसिटी जल जंगल दाईको सहयोग र मित्र समाजको आयोजनामा जैविक विविधता र वातावरणीय विषयमा निकायहरु विच भएको गोलमेच वैठकमा सहभागीहरुले जंगल, चुरे, खोलानाला भएका अतिक्रमणहरु, विकास निर्माणमा भएका लापरवाहीलाई जोगाउन सके वातावरणमा पनि कम असर हुने बताएका हुन् ।

मानवले नै अहिले आफनो लागी विनाश निम्ताई रहेको अवस्था भएको र यसलाई अहिले देखी नै सुधार गर्दै जाने हो भने भविश्यमा सबैको हितमा काम हुने अन्यथा भएन भने सबै मानव अश्तित्व जोगाउन नै समस्या हुने सहभागीहरुले बताउनु भएको छ । साथै नितिी नर्माण गर्दा प्रकृती, वातावरणलाई हेरेर त्यसको प्रभाव असरलाई मध्ये नजर गरेर काम गर्न निती निर्माण गर्न पनि आग्रह गरिएको छ ।

वातावराण प्रभाव मुल्याङकन निर्माण गरिए पनि व्यवहारमा भने लागु नभएको अवस्था रहेको सहभागीहरुले आँैलाएका छन् । मित्र समाजका कार्यकारी निर्देशक विवेकसिंह ठकुरीले आजको कार्यक्रमबाट उठेको सवालहरु, समस्याहरु समाधानका उपायहरुको विषयलाई समेटेर केन्द्रिय सञ्चारमाध्यमबाट प्रसारण गर्ने बताउनु भयो ।

साथै उहाँले १५ वटा जिल्लामा यस्तै कार्यक्रमहरु संचालन गरेको यो प्लोरबाट आएका विषयवस्तुलाई पनि स्तानिय र केन्द्रीय लेबलमा रहेको सञ्चारकर्मीहरु संग छलफल गर्ने बताउनु भयो ।

उहाँहरुले उठान गरेका विषयलाई सञ्चारको माध्यमबाट प्रसारण गरेर दवावको सिर्जना गरी वातावरणको पक्षमा रहेर काम गर्ने, संचारको माध्यमबाट पनि काम गरिने सकारात्मक सन्देश प्रवाह गर्ने मुख्य लक्ष्यको साथमा काम गरिरहेको बताउन भयो ।
Comments are closed.