आदर्श कप भेट्रान पूरुष फुटबलको पहिलो खेलमा वेदकोट विजयी

महेन्द्रनगर । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ शनिवारदेखी शुरु भएको छ । पहिलो दिनको खेलमा वेदकोट नगरपालिकाले भीमदत्त नगरपालिका वडा नम्वर २ लाई १६ गोल प्रहार गर्दै विजयी सुरुवात गरेको छ ।

भीमदत्त नगरपालिकाले उक्त खेलमा आफनो टिमको लागी गोलको खाता सम्म खोल्न सकेन, वेदकोट नगरपालिकाबाट खेल खेलिरहेका खेलाडी झंकरराज जोशीले ८ गोल गरे भने, लोकबहादुर पातलीले ६ गोल र सुरेश आलेले २ गोल गर्न सफल भए । आईतवार आज २ खेल हुने आयोजक आदर्श नेपालले जनाएको छ । आज पहिलो खेल भीमदत्त नगरपालिका ४ र भीमदत्त नगरपालिका ३ विच हुनेछ भने, अर्काे खेल भीमदत्त नगरपालिका र उद्योग वाणिज्य संघ विच हुने भएको छ ।

यस्तै सोमवार हुने खेलहरुमा आदर्श नेपाल र भीमदत्त नगरपालिका २ विच हुने छ भने, अर्काे खेल सोही दिन भीमदत्त नगरपालिका ३ र निर्माण व्यवसायी संघ विच हुने आयोजकले जनाएको छ । यसैगरी मंगलवार हुने खेलहरुमा उद्योग व्यवसायी संघ र नगर खेलकुद दोधाराचाँदनी विच हुने छ भने सोही दिन अर्काे खेल, नगर खेलकुद वेदकोट र आदर्श नेपाल विच हुने भएको छ ।

बुधवार भीमदत्त नगरपालिका र दोधरा चादनी नगरपालिका विच खेल हुनेछ भने सोही दिन अर्काे खेल भीमदत्त नगरपालिका ४ र निर्माण व्यवसायी संघ विच हुने भएको छ । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ मा प्रथम हुने टिमलाई ३१ हजार नगद सहित प्रमाणपत्र मेडल,ट्रफी दोस्रो हुने टिमलाई नगद २१ हजार सहित प्रमाणपत्र मेडल,ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी, बेस्ट किपर, बेस्ट डिफेन्डर मिड फिल्डर, स्टाईकर र गोलकिपरलाई पनि ट्रफी दिने र प्रत्येक म्याचमा म्यान अफ द म्याच दिने व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित

Comments are closed.