काठमाडौँ —भिस्ताराको जहाजमा बम रहेको नभेटिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । मंगबालर दिउँसो ४ बजे काठमाडौंमा अवतरण भएको भिस्तारामा बम रहेको धम्कीपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।

नागरिक उड्ड्यन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले भने, साढे ४ बजेदेखि सुरु भएको जहाज जाँच ७ बजे सकिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा जहाजमा कुनै पनि बम भेटिएन ।सहप्रवक्ता भूलका अनुसार यस्तो खालको बमको धम्कीलाई होक्स कल भनिन्छ ।

भिस्ताराको जहाज अब यात्रु लिएर काठमाडौंबाट दिल्लीका उड्ने तयारी रहेको समेत सहप्रवक्ता भूलले बताए । अज्ञात समूहले भारतीय वायुसेवाहरुमा बम रहेको धम्की दिनेक्रम मंगलबार काठमाडौंमा अवतरण भएको भारतको निजी वायुसेवा भिस्ताराले पनि खेपेको हो ।
बमको खबरपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयमा प्राप्त भएपछि भिस्ताराको एयरबस ए३२० विमानलाई पार्किङ्गवेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो ।
जहाज अवतरण भएलगत्तै बम राखिएको खबर भिस्ताराको काठमाडौंस्थित कार्यालयमा कार्यरत भारतीय कर्मचारी सुमन शर्मालाई आएको थियो । स्रोतका अनुसार, शर्माले जहाज अवतरण भएलगत्तै दौडेर टर्मिनल कार्यालयलाई अज्ञात नम्बरबाट आफ्नो जहाजमा बम राखिएको फोन आएको जानकारी दिएका थिए ।
Comments are closed.