बेलायतको लड्समा भएको पँच खेलको तेस्रो टेस्ट क्रिकेटको अन्तिम दिन इङ्ग्ल्यान्डले भारतलाई २२ रनले हराएको छ ।
भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको हो ।
जीत सगै इङ्ग्ल्यान्डले भारत विरुद्धको पँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ ।
यसअघि बेन स्टोक्सको टोलीले भारतलाई पँच विकेटले हराएको थियो ।
विदेशी भूमिमा भारतको यो दोस्रो हार हो । यसअघि टोली सन् १९७७ मा ब्रिस्बेनमा अस्ट्रेलिया विरुद्ध १६ रनले पराजित भएको थियो ।
इङ्ग्ल्यान्डले पहिलो इनिङसमा टस जितेर पहिले ब्याटिङ गर्दै १० विकेट गुमाएर ३८७ रन बनायो । इङ्ग्ल्यान्डका जो रुटले सबैभन्दा धेरै १०४ रन बनाए ।
जेमी स्मिथ र ब्रायडन कार्सले क्रमश ५१ र ५६ रन जोडे । भारतले पनि पहिलो इनिङ्समा १० विकेटको क्षतिमा ३८७ रन नै बनायो ।
केएल राहुलले १००, ऋषभ पन्तले ७४ र रविन्द्र जडेजाले ७२ रन बनाएका थिए । दोस्रो इनिङ्समा इङ्ग्ल्यान्डले १० विकेट गुमाउदै १९२ रन बनाएको थियो ।
यो सगै भारतले १९३ रनको लक्ष्य पाएको थियो । तर, भारत १७० रनमै अलआउट भयो । भारतका जडेजाले सर्वाधिक ६१ रन जोडे ।
राहुल ३९ रनमा आउट हुदा अन्य ब्याट्म्यान चल्न सकेनन् । इङ्ग्ल्यान्डका जोफ्रा आर्चर र बेन स्टोक्सले समान ३ विकेट लिए ।
शुक्लाफाँटा खबर
6809 posts
Comments are closed.