नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिव सहित २० बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाया भण्डारी र टेलिभिजन सचिवमा अशोक कुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जना कुमारी गौतम निर्विरोध निर्वाचित भएका छन् । खस आर्य महिला केन्द्रीय सदस्यमा बालिका सिवाकोटी र जेविका कार्की, थारु तर्फ लक्ष्मीमान थारु, थारु महिला सदस्यमा अञ्जना थारु, मधेशी महिलामा सुधा देव पनि निर्विरोध निर्वाचित भएका छन् ।
आदिवासी जनजाति तर्फ छविलाल माल, निमा लामा र सुवास कुमार सुनुवार, आदिवासी महिला तर्फ रीता मगर, दलित महिला तर्फ फूलमाया सुनार, लैंगिक अल्पसंख्यकमा नारद कोहार, अपाङ्गता कोटामा कौरव खत्री चयन भएका छन् ।
बागमती प्रदेशबाट महिला तर्फ आत्मा गुरागाईं र रमा लुइटेल, गण्डकी बाट कृष्णकुमारी ढकाल र माया कुमारी अधिकारी, सुदूरपश्चिम बाट जमुना न्यूरे र निर्मला भट्ट, काठमाडौं उपत्यका बाट तेजना पण्डित पनि निर्विरोध चयन भएका छन् ।
अध्यक्ष सहित अन्य पदका लागि भने आज मतदान हुदै छ । अध्यक्षका लागि अनिता विन्दु, शिव लम्साल र भुवन भट्टबीच प्रतिस्पर्धा हुदैछ ।
वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारी रहेका छन् भने महासचिवमा जगन्नाथ दुलाल र दिलीप पौडेलले उम्मेदवारी दिएका छन् ।
Comments are closed.