प्रांगारिक मलमा जोड दिनुपर्ने – कृषी मन्त्री यादब

कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेका बताउनु भएको छ । बिहिबार खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्रांगारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै यस्तो बताएका हुन् ।

मन्त्री यादवले सरकारले अहिले कृषिमा गरि रहेको लगानीले आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने बताउनु भयो । उहाले नेपाल कृषिप्रधान देश र अधिकांश नागरिक कृषिमा आश्रित रहे पनि सरकारले कृषि क्षेत्रको प्रवर्द्धन र विकासका लागि आवश्यक लगानी गर्न नसकेको बताउनु भयो । उहाले किसानले प्रांगारिक मलमा जोड दिनुपर्ने ठाउमा रासायनिक मलमा जोड दिइरहेको बताउनु भयो ।

मन्त्री यादवले किसानले प्रांगारिक मलमा जोड दिएर रासायनिक मलको प्रयोग कम गर्नुपर्ने बताउनु भयो । उहाले रासायनिक मलका कारण बढी मात्रामा विदेशमा पैसा बाहिरिएको भन्दै नागरिकमा प्रांगारिक मलको प्रयोग बारे सचेतना फैलाउन आवश्यक रहेको बताउनु भयो ।

खाद्यका लागि कृषि अभियानले संविधानले व्यवस्था गरे बमोजिम नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता सम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्ने कुरामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ आउनु अनिवार्य रहेको र ऐनमा भएका कतिपय व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा नियमावली नहुदा अफ्ठ्यारो भइरहेको भन्दै नियमावली तत्काल लागू गर्न माग गरेको छ ।

सम्बन्धित

Comments are closed.