नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारी बीच शुक्रबार छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा सरकारका तर्फ बाट खानेपानी मन्त्री उमाकान्त चौधरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला), महान्यायाधिवक्ता खम्ब बहादुर खाती,
लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी हुनु हुन्थ्यो । कल्याणकारिणी सभाका तर्फ बाट सभाका उपाध्यक्ष देवी प्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र केन्द्रीय सदस्य द्वय प्रभात कुमार चौधरी तथा रुकमिणी चौधरी सहभागी हुनुहुन्थ्यो ।
छलफलमा उक्त सभाले सरकार संग प्रस्तुत गरिएको मागका सम्बन्धमा कुराकानी भएको थियो । समस्या समाधानका लागि दुवै पक्षले आ–आफ्नो तर्फ बाट गृहकार्य गरेर पुनः बैठक बस्ने निष्कर्ष सहित शुक्रबारको बैठक सकिएको गृह मन्त्रालयका प्रवक्ता फणिण्द्र मणि पोखरेलले जानकारी दिनुभयो ।