भारत र न्युजिल्याण्डबीचकाे पाँच खेलकाे टी–२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो खेल न्युजिल्याण्डको अकल्याण्डमा दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ ।
भारतले न्युजिल्याण्डविरुद्धको सिरिजलाई यसै वर्ष हुने टी–२० विश्वकपको तयारीको रुपमा लिएको छ । तर शुक्रबारकाे खेल वर्षाले प्रभावित गर्न सक्ने आँकलन गरिएको छ । मौसम पूर्वानुमानका अनुसार खेल सुरु हुनुअघि हल्का वर्षाकाे सम्भावना छ । जसका कारण पहिलो टी–२० को केही ओभर घट्ने अनुमान गरिएको छ ।
अकल्याण्डको मैदानमा यसअघि इङ्ग्ल्याण्ड र न्युजिल्याण्डबीचको टी–२० माैसमले प्रभावित हुँदा ११ ओभरमा झारिएको थियो । त्याे खेल टाइ भएपछि सुपरओभरबाट नतिजा निकाल्दा इङ्ग्ल्याण्ड विजयी भएकाे थियो ।
भारतले भर्खरै अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा एकदिवसीय सिरिज जितेकाले उच्च मनोबल बनाएको छ । तर न्युजिल्याण्डलाई उसकै घरेलु मैदानमा हराउन भने भारतले ठूलै मेहनत गर्नुपर्ने छ ।
न्युजिल्याण्डले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै आएको छ । न्युजिल्याण्डविरुद्ध भारतले सन् २००७ देखि अहिलेसम्म ११ टी–२० म्याच खेलेकाे छ, जसमा तीन पटकमात्रै भारत विजयी भएको छ ।
यस्ताे छ टिम
न्युजिल्याण्डः मार्टिन गप्टिल, कलिन मुनराे, केन विलियमसन (कप्तान), टिम सेफर्ट (विकेटकीपर), रस टेलर, कलिन डी ग्राण्डहाेम, ड्यारेल मिचेल, मिचेल सेन्टनर, टिम साउथी, इश साेधी, ब्लेर टिक्नर, स्कट कुग्लेजिन र हमिश बेनेन्ट ।
भारतः राेहित शर्मा लाेकेश राहुल विराट काेहली कप्तान श्रेयस अय्यर मनिष पाण्डे रिषभ पन्त वाशिङ्टन सुन्दर रविन्द्र जडेजा शार्दुल ठाकुर जसप्रीत बुमराह युजवेन्द्र चहल सन्जु स्यामसन माेहम्मद शमी नवदीप सैनी कुलदीप यादव र शिवम दुबे ।
Comments are closed.