९ किलो चरेससहित अत्तरियाबाट १ जना पक्राउ

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कैलालीले अत्तरियाबाट ९ किलो चरेस सहित १ जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा बस्ने ३६ बर्षीय यम राज दौल्याल पक्राउ परेका हुन् ।

उनलाई होटलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.