महेन्द्रनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई २३ मंसिर भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिएको थियो । तर बैतडीको सन्दर्भमा कुनै पनि पालिकाले जग्गा वर्गीकरण गरेका छैनन् ।
कृषि तथा गैरकृषि जमिन छुट्याएर गर्नुपर्ने वर्गिकरण यहाका कुनैपनि पालिकाले नगरेका हुन् । भू–उपयोग नियमावलीले जग्गालाई १० समुहमा वर्र्र्गीकरण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । ६ महिनाको समयमा यहाका पालिकाहरुले कुनै प्रगित गरेनन् । जग्गा वर्गीकरणको बिषयमा पालिकामा छलफल समेत नगर्ने गरेको पाइएको छ । आजसम्म यो बिषय छलफलमा नल्याइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले बताए ।
प्राबिधिक सहयोगको लागि नापी कार्यालयसँग मसन्वय गर्ने र छलफलको बिषय बनाउने उनले बताए । जिल्लाको शिवनाथ गाउँपालिकामा पनि यस बिषयमा छलफल अघि नबढेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए । प्राविधिक बिषय भएकाले माथिल्लो निकायसँग समन्वयगरी अघि बढ्ने उनले बताए । सिगास गाउँपालिकाले पनि जग्गा वर्गीकरणको कुनै प्रक्रिया अघि नबढाएको पाइएको छ ।
Comments are closed.