महेन्द्रनगर । कञ्चनपुरमा खानेपानी योजनाहरुमा पानी सुरक्षा योजना तथा पानी परिक्षण सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । निड्स नेपालको आयोजना, यूनिसेफको आर्थिक सहयोग तथा वेदकोट नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा बेदकोट नगरपालिका ७ सुडा टाउन खानेपानी उपभोक्ता समिती र वेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको बैजनाथ सुडा खानेपानीका पदाधीकारी, सल्लाहाकार, टोल संयोजक, शिक्षक स्वास्थ्यकर्मी, कर्मचारी, प्राविधिक लगायतहरुको उपश्थिती रहेको थियो ।
निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले मानव जिवनमा पानीको अत्यन्तै महत्वपुर्ण भुमिका रहेको हुँदा स्वच्छ, गुणस्तरिय पानी सबै आम जनमानसको मुख सम्म पुग्नु पर्ने र सरसफाई, स्वच्छ पानीले जिवन पनि स्वछ बन्ने भएकोले यो कार्यक्रको आयोजना गरिएको बताए । सबैले आफनो व्यक्तिगत सरसफाई तथा शुद्ध पानीमा ध्यान दियो भने सह्रशताब्दी २०३० को लक्ष्य अनुरुप दिगोपन देखिने बताए । शुद्ध पानी भनेको जुन पानीमा जैविक भौतिक रसायनिक छैन अथवा नभएको पानी पिउनु पर्ने यूनिसेफका प्रतिनिधी कटलबहादुर रोकायाले बताए । जहिले पनि गुणस्तरिय पानी मानवको मुख सम्म पुग्नु पर्ने भएकोले नै यो कार्यक्रम गरिएको उनले बताए ।
पानीमा हैजा टाईफाईटका जिवाणु प्रस्सत हुन्छन त्यसो भएकोले शद्ध पिउने पानी शरिरमा पुग्नु पर्नेमा सबैले जोड दिनु पर्ने औँल्याए । वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले समुदायमा गुणस्तरिय पानीमा सबैको पहुँच दिनको लागि तथा गुणस्तरिय पानी प्रदान गर्नको लागी पालिका सदैव तयार रहेको बताईन् । आम नागरिकलाई शुद्ध पानीको पहुँचमा पुगाउनको लागि आफुले सदैव सहयोग गर्ने बताए ।
यूनिसेफका प्रतिनिधी क्रिष्टानोले नेपाल सुन्दर भएपनि स्थानिय सरकारले गरेको कामको प्रशंसा गरिन साथै जनताको सहभागिता देखेर पनि आफुलाई खुशी लागेको उनले बताईन । आफुले देखेको कुराहरुलाई अन्तराष्टिय स्तरमा पनि अरुलाई सिकाउने उनले बताईन् । निड्सका कार्यक्रम संयोजक सरस्वती बमले ३ दिने कार्यक्रमको सहजीकरण गरेकी थिईन् । पानीलाई गुणस्तरिय बनाउनको लागि आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरेका छन् ।