कञ्चनपुरमा भारतबाट भित्रिएका कुखुरा र माछा नष्ट

महेन्द्रनगर । सशस्त्र प्रहरीले प्रतिबन्धित भारतीय बोइलर कुखुरा र माछा बरामद गरेको छ । भुडास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) ले बेलौरी नगरपालिका–१० सडकघाटबाट बोइलर कुखुरा र माछा बरामद गरेको हो ।

शनिबार बिहान सशस्त्र प्रहरी नायब निरीक्षक गंगा बोगटीको कमाण्डमा खटिएको सशस्त्र टोलीले सीमा क्षेत्र सडकघाटबाट ७० केजी प्रतिबन्धित भारतीय बोइलर कुखुरा र ५० केजी माछा बरामद गरेको थियो । कुखुरा र माछासँगै बिना नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको ८० हजार भन्दा बढी मुल्य बराबरको बोइलर कुखुरा र माछा पशु क्वारेन्टाइन बेलौरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको छ । चोरी तस्करीको माध्यमबाट खुला सीमा क्षेत्रबाट कुखुरा, माछा भित्रिन थालेपछि नेपाली व्यवसायी मारमा परेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.