कञ्चनपुरमा स्कुटी सहित अवैध सामान बरामद

महेन्द्रनगर । कञ्चनपुरमा स्कुटीसहित अवैध सामान बरामद गरिएको छ । कञ्चनपुरको ईलाका प्रहरी कार्यालय झलारीबाट खटीएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालीका ११ त्रिवेणी चोकबाट अवैधसमानसहित म ३ प १०६ नम्बरको स्कुटी बरामद गरेको हो ।
सोमवार साँझ अवैध रुपमा भन्सार छली चोरीनिकासी भईरहेको भन्ने सुचनाको आधारमा प्रहरीले सो स्थानबाट स्कुटीमा लोड गरीराखिएका २१ हजार ८ सय मुल्यका दाल, कुरमुरे ,तिल, जिरा लगायतका अबैध मालसमान र स्कुटी बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जम्मा १लाख २१ हजार ८ सय मुल्यका उक्त अवैध सामान र स्कुटी सहित आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.