महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ बाट अवैध काठसहित एकजना पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ किचाहीका राममिलन राना काठसहित पक्राउ परेका हुन् । उनी घरमा १६ दशमलव ३३ क्यूफिट अवैध काम लुकाएको आरोपमा पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय गुलरिया र सब डिभिजन वन कार्यालय बाणीको संयुक्त समूहले उनलाई पक्राउ गरेको हो । पछिल्लो समय कञ्चनपुरमा अबैध काठहरु धमाधम फेला परिरहेका छन् ।
Comments are closed.