एसीसी इस्टर्न रिजन टि२० क्रिकेटलाई मध्यनजर गर्दै टमाटालाई प्रशिक्षकको जिम्मेवारी

जगत टमाटाले नेपाल राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी सम्हाल्ने भएका छन् । अर्को प्रशिक्षक नियुक्त नहुँदासम्मका लागि टमाटालाई नै जिम्मेवारी दिने नेपाल क्रिकेट संघको तयारी छ ।

क्यानका एक पदाधिकारीकाअनुसार नयाँ प्रशिक्षकमा विदेशी नै ल्याउने सोच भएपनि थप छलफल भएको छैन । त्यसैले अन्तरिम रुपमा टमाटाले नै प्रशिक्षकको भूमिका निभाउनेछन् ।

नेपालले फागुन तेस्रो साता थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टि२० क्रिकेट खेल्दैछ । त्यसैलाई मध्यनजर गर्दै क्यानले टमाटालाई जिम्मेवारी दिन लागेको हो ।

नेपालले अन्तराष्ट्रिय क्रिकेट खेल्दाका पहिलो पुस्ताका खेलाडी समेत रहेका टमाटा नेपालले २०१८ मा पहिलो पटक ओडिआई मान्यता पाउँदा नेपालका प्रशिक्षक थिए ।

सन् २०१५ मा श्रीलंकन मुलका क्यानडेली प्रशिक्षक पुबुदु दासानायकेले नेपाल छाडेदेखि टमाटाले प्रशिक्षक जिम्मेवारी सम्हाल्दै आएका थिए ।

पटवाल नेपालको प्रशिक्षक बनेपछि टमाटाले महिला टिम सम्हालेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.