इल्याण्डमा आजदेखि एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगिता सुरु हुँदैछ । उद्घाटन खेलमा थाइल्याण्ड र सिंगापुर प्रतिष्पर्धा गर्दैछन् भने आजै हुने दोस्रो खेलमा नेपाल र मलेसियाबीच खेल हुनेछ।
प्रतियोगितामा नेपाल, मलेसिया, थाइल्याण्ड, सिंगापुर र हङ्कङ् सहभागी छन् ।
नेपाल – मलेसिया हेड टु हेड
मलेसिया नेपालको पुरानो प्रतिद्वन्द्वी हो । टी–२० मा नेपाल र मलेसिया १३ वर्षअघि पहिलो पटक प्रतिस्पर्धा गरेका थिए । सन् २००७ मा भएको एसीसी टी–२० मा नेपाल २१ रनले विजयी भएको थियो । त्यसको दुई वर्षपछि भएको त्यही प्रतियोगितामा मलेसिया ६ विकेटले विजयी भयो ।
सन् २०१३ मा नेपालमा भएको संस्करणमा घरेलु टिम १९ रनले विजयी भएको थियो भने सन् २०१८ मा नेपाल आठ विकेटले विजयी भएको थियो ।
पछिल्लो तीन खेलमा भने नेपालले सबै खेल जितेको छ ।
गएकाे साउनमा भएको मलेसिया भ्रमण अन्तर्गत दुई खेलकाे टी–२० सिरिजमा नेपालले घरेलु टिमलाई हराएको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल ६ रनले विजयी भएको थियो ।
त्यसको लगत्तै भएको टी–२० विश्वकपका लागि एसियाली छनोट प्रतियोगितामा पनि नेपालले मलेसियालाई ८३ रनमा अल आउट गर्दै सात विकेटको जित निकालेको थियो ।
Comments are closed.