मन्त्र अस्पतालमा जटिल शल्यक्रियादेखी टुटेका हड्डीको सफल उपचार

महेन्द्रनगर । कञ्चनपुरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरमा जटिल शल्यक्रिया मार्फत बच्चाको जन्म गराईएको छ । भीमदत्त नगरपालिका १६ की प्रमिला कुमारी रावलको बच्चा उल्टो रहेको र आमालाई पनि समस्या भएपछि शल्यक्रिया मार्फत बच्चालार्य जन्म दिईएको हो ।

कैलालीको माया मेट्रोमा पनि चेकजाँच गरिएको भएपनि,अहिले महेन्द्रनगरमा रहेको मन्त्र अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर कविता शाहले आफैले जटिल शल्यक्रिया गरेर बच्चा र आमा दुवैलाई खतरा मुक्त गरेको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर गोविन्द रोकायाले बताए ।

यस्तै, बैतडीको पाटनकी कमला भण्डारीलाई पनि प्रेशर बढ़ेको र सुगर बढ़ेका साल नाल बच्चा को घाटीमा बेरिएर जोखिम अवस्थामा अस्पताल ल्याएको अवस्थामा तुरुन्तै डाक्टर कबिता शाहले आफै शल्यक्रिया गरेर बच्चालाई जन्मदिन सफल भएको उनले बताए ।

उक्त बालकको ३४ हप्ता मा शल्यक्रिया गर्नुपरेको स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर कविता शाहले बताईन् । यस्तै अस्पतालमा कुहिना को छाला , मासु नशा च्यातियेको, हड्डी टूटेको नाक कान घाटीको र एपेंडिसाइटिसको सफल शल्यक्रिया भएको मेडिकल डाईरेक्टर रोकायाले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.