वेदकोट नगरपालिकामा ७१ औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा ७१ औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम सम्पन्न गरिएको छ । वेदकोट नगरपालिका ५ धरमपुरमा पालिकाको सहयोगमा एसोसियसन फर आईडिया नेपालको आयोजनामा गरिएको कार्यक्रममा उक्त क्षेत्रमा रहेका कुष्ठ प्रभावतहरुलाई स्वास्थ्य सामग्रीहरु वितरण गरिएको छ । साथै वेदकोट नगरपालिकामा रहेका ३ जना कुष्ठ प्रभावितहरुलाई नियमित औषधी उपचार गरिरहेको वेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिषा पालले जानकारी दिनु भयो ।

आयोजक संस्थाका अध्यक्ष धनबहादुर रावतले पालिकामा रहेका कुष्ठ प्रभावितहरुलाई जुत्ता, बिभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरिएको बताउनु भयो । साथै उहाँले अहिले कुष्ठ प्रंभावितहरुका लागी पालिकाले वडाले पनि सहयोग गरिरहेको बताउनु भयो । वडाका अध्यक्ष चित्रदेव भट्टले पहिलेको तुलनामा अहिले कुष्ठ प्रभावितहरुलाई गरिने व्यवहारमा परिवर्तन आएको भएपनि केही शेष अझै समुदायमा रहेको बताउनु भयो । हामीले यो कुरुती कुसंस्कारलाइृ फेरी पनि सबै ले मिलेर जरैदेखी हटाउनमा साथ र सहयोगको आवस्यक्ता रहेको उहााको भनार्य थियो ।

कार्यक्रमका प्रमुख अतिथी वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले यो उत्सवको बेलामा सबैले अहिले गलत अवधारणा हटदैँ गईरहेको बताउनु भयो । यो रोग कुनै अभिषापले नभएर एउटा व्याक्टेरिया मार्फत सर्ने भएकाले मानवमा रहेको गलत अवधारणालाई हटाउन जरुरी रहेको बताउनु भयो । साथै, पालिकाले सदैव यो क्षेत्रमा आफुले पनि व्यक्तिगत रुपमा भएपनि कुष्ठ प्रभावितहरुका लागी काम गर्ने बताउनु भयो ।

स्वस्थ्य समाज भयो भने मात्रै रुपान्तरण समाजको विकास हुने जिकिर गर्नु भयो । बिभिन्न संस्थाले गर्दा अहिले पिडामा रहेका बिभिन्न व्यक्तीहरुले खुसी र विकास भईरहेको बताउनु भयो । माननस पटलमा रहेको शंकुचित अवधारणालाई कम गर्नका लागी नै यस्ता कार्यक्रमहरुको आयोजना गरिएको बताउनु भयो । आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्कअनुसार सुदूरपश्चिममा २३० जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन् ।

कैलालीमा १४९, कञ्चनपुरमा ४३ र अछाममा २२ जना कुष्ठ रोगी फेला परेका हुन् । त्यस्तै, बझाङमा ५, बैतडीमा ४, डोटीमा ३, दार्चुलामा २ र बाजुरा तथा डडेल्धुरामा १÷१ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । कैलालीको धनगढी उपमहानगरभित्र ८७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् भने कैलारी गाउँपालिकाभित्र २२ जना नयाँ बिरामी पत्ता लागेका छन् । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरभित्र १९ जना नयाँ बिरामी फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो ।

यो रोग मानिसबाट मानिसमा सर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । उपचार नगरेको कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्छ । सुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई सर्दैन भने समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रुपमा निको हुने र अपाङ्गता नहुने चिकित्सकले बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.