महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा आँखा शिविर सम्पन्न गरिएको छ । वेदकोट नगरपालिकाको आयोजना र च्यारिटी नेपाल नेत्रालय धनगढीको प्राविधिक सहयोगमा पालिकाका १० वडामा आँखा शिविर संचालन गरिएको हो । आँखा शिविर माघ ८ गतेदेखी सुरु भएर माघ १७ गते सम्पन्न भएको पालिकाले जनाएको छ । १० वडामा ३ हजार बढी सेवाग्राहीले आफनो आँखामा भएका बिभिन्न समस्याहरुको उपचार पाएका छन् ।
जसमध्ये ३ सय ५० जनाको आँखाको शल्यक्रिया,६ सय बढी बिरामीहरुलाइ निशुल्क चश्मा वितरण, र बाँकी रहेका बिरामीहरुलाई निशुल्क औषधीहरु वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हरिषा पालले जानकारी दिनुभयो । उहाँले वडामा गएर स्वास्थ्य शिविरको आयोजना गरेपछि स्थानियहरुले खुसी व्यक्त गरेको बताउनु भयो । वेदकोट नगरपालिका ६ का ९ वर्षका वालिकाको दुवै आँखामा मोती विन्दु भएको र शिविरबाट भएको शल्यक्रिया पश्चात आँखा देख्न सक्ने भएपछि खुसी व्यक्त गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख पालले बताउनु भयो ।
वेदकोट नगरपालिका ९ का स्थानिय ९२ वर्षिय रामचन्द्र बोहराले आफनै वडामा आँखा शिविर संचालन गरेपछि टाढा गएर उपचार गराउनु पर्ने समस्या हटेको बताउनु भयो । उहाँले भन्नुभयो,“यहाँ वडामा आँखा शिविर संचालन नभएको भए धनगढी नभए महेन्द्रनगर जानु पर्ने योजना बनाई रहेको थिए, तर अहिले आफनै वडाबाट उपचार पाएपछि सहज भएको छ” निशुल्क चश्मा पनि पाईयो औषधी पनि पाएपछि आयोजना गर्ने पालिका र संस्थालाई उहाँले धन्यवाद व्यक्त गर्नु भयो ।
समापन कार्यक्रमका प्रमुख अतिथी एवम पालिका उपप्रमुख तुलसी जोशीले आफनो स्वास्थ्य महत्वपुर्ण रहेको हुँदा आँखा झनै बढी संवेदनशिल रहेको व्यवस्थामा सबैले यसको सुरक्षा गर्न बताउनु भयो । साथै आगामी दिनमा बढी भन्दा बढी माग आएमा यस्तै अन्य स्वास्थ्य शिविरहरुको आयोजना गरेर आम जनताहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । साथै निकट भविश्यमा महिला लक्षित पाठेघरका बिरामीहरुलाई सहजताको लागी स्वास्थ्य शिविरको पनि आयोजनाको तैयार रहेको बताउनु भयो ।
आफनो जनताहरुको लागी पालिकाले घरदैलो कार्यक्रमको पनि आयोजना गरिरहेको अवस्थामा यसलाई अझे प्रभावकारी बनाउनका लागी पालिकाले अहम भुमिका खेलिरहेको र आफुले पनि थप पहल गरिरहेको बताउनु भयो । गत वर्षमा पनि वेदकोट नगरपालिकाले आयोजना गरिएको आँखा शिवरिबाट ४ हजार बढी सेवाग्राहीले सेवा लिएका थिए, भने ३ सय ५० जनाको आँखाको शल्यक्रिया गरिएको थियो । साथै ८ सय बढीलाई निशुल्क चश्मा वितरण गरिुएको पालिकाले जनाएको छ ।