भीनपामा माघ २४ गतेसम्म भएको आँखा शिविरबाट १६ सय बढी लाभान्वीत

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा माघ २४ गतेसम्म आयोजना गरिएको आँखा शिवरबाट १६ सय बढी विरामीहरुले सेवा पाएका छन् । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा आँखा सिविर सम्पन्न भएको हो ।

माघ महिनामा पालिकाको वडा नम्वर ३, ५, १०, १४, १७ र १९ मा गरिएको शिविरबाट १ हजार ६ सय ३२ जनाले सेवा लिएको पेसवानका सदस्य दमन चन्दले जानकारी दिएका छन् । यस्तै उक्त शिविरबाट १ सय ९७ जनाको निशुल्क आँखाको जटिल शल्यक्रिया गरिएको छ, भने ५ सय ९ जनालाई निशुल्क चश्मा उपलब्ध गराईएको छ । उक्त शल्यक्रियाको सबै खर्च च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीले बेहोर्ने भएका छन् । आफनै वडामा आँखाको उपचार पाएपछि स्थानियहरुले खुसी व्यक्त गरेका छन् ।

भीमदत्त नगरपालिका १० का स्थानिय विनोद शार्कीले आँखामा समस्या भएको बताउँदै उपचार पछि निको भएको बताए । आँखामा समस्या रहेको बताउँदै उनले बजार गएर महँगो उपचार गर्न नपर्ने बताए । उनले उपचार पछि चश्मा पनि पाएपछि अहिले आँखा देख्ने भएको बताए । यस्तै, आँखाको उपचार गर्नका लागी सिविरमा पुगेका भीमदत्त नगरपालिका ५ का गणेश नेपालीले पनि आफुले आँखा सिविरबाट उपचार पाएपछि सजिलो भएको बताए । उनले आँखा रसाउने, पानी आउँने समस्या रहेको  सिविरबाट आँखाको उपचार पाएपछि समस्या समाधान भएको जानकारी दिए ।

साथै धेरैजनाले निशुल्क रुपमा चश्मा पाउँदा आफनो आर्थिक पनि खर्च नभएको र निशुल्क उपचार पाएपछि आँखा पनि देख्न सक्ने भएको बताए । पेसवान संगको समन्वयमा र च्यारिटि हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा वडाहरुमा निशुल्क आँखा शिविर सञ्चालन भइरहेको र शिविरमा निशुल्क रुपमा आवश्यकता अनुसार चस्मा, औषधी र अप्रेसन समेत भइरहेको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले बताए ।

जती पनि वडामा आँखा शिविर संचालनमा आएका छन् उक्त वडाका अध्यक्षहरुले आफनो वडामा आँखाको सिविर संचालन गर्ने सबै संस्थालाई धन्यवाद व्यक्त गरका छन्, साथै आफना वडामा जनजाती दलितहरु, विपन्न अािर्थक रुपले पछाडी रहेकाहरु प्नि रहेको अवस्थामा सबैले यो सिविरबाट सेवा पाएपछि खुशी भएको बताए । साथै उनीहरुले आगामी दिनहरुमा पनि यस्तै खाले अन्य स्वास्थ्य सिविर संचालन गर्नका लागी पनि संस्थालाई आग्रह समेत गरेका छन् ।

संस्थाका सदस्य दमन चन्दले फागुन ५ गते सम्म भिमदत्त नगरपालिकाका सम्पुर्ण वडामा आँखा शिविर सन्चालन गरिने बताए । । पेसवानले यसअघि पनि बिभिन्न समयमा भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क शैक्षिक सामग्री भएको झोला विद्यालय पोसाक वितरण गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.