महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले १७ हजार ६ सय ९९ वालवालिकाहरुलाई दादुरा रुबेलाको खोप लगाईने भएको छ । फागुन १३ गतेदखी २० गते सम्म १० वटा वडामा रहेका ५८ वटा खोप केन्द्रबाट अभियान गरिने भएको हो । मंगलवार पालिकाले एक कार्यक्रमको आयोजना गर्दै वडा अध्यक्ष सञ्चारकर्मीहरुलाई अभिमुखिकरणको आयोजना गरेको छ ।
वेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिषा पालले देशैभर खोप लगाउन बाँकी रहेका जिल्लामा १३ गतेदेखी दादुरा रुबेला खोपको अभियान सुरु भईरहेको दिनमा वेदकोट नगरपालिकाले पनि खोपको अभियानको थालनी गर्ने बताईन् । साथै पूर्व कार्य तालिका अनुसार शिक्षक, वडा अध्यक्ष स्वयमसेविक वडा स्तरमा अभिमुखिकरण कार्यक्रमहरुको आयोजना गर्दै अभियानलाई सम्पन्न गरिने र ५८ वटा खोप केन्द्र सेवा दिईने उनले बताईन् ।
साथै आआफनो क्षेत्रमन रहेका ९ महिना देखी १५ वर्षका वालवालिकाहरुलाई आफनो पायक पर्ने ठाँउमा लिएर खोप लगाउन पनि आग्रह गरिन् । साथै आफनो लक्ष्य अनुरुप प्रगती हासिल गर्नका लागी सबैको हातेमालो आवस्यक रहेको हुँदा सबैले यो अभियानमा साथ र सहयोग गरिदिन स्वास्थ्य शाखा प्रमुख पालले आग्रह गरिन् ।
वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले अहिले विज्ञानका कारण चिकित्साको क्षेत्रमा पनि ठुलो फडको मारेको बताउँदै दादुरा रुबेलाको संकट अहिले पनि समुदायमा रहेको हुँदा सबैले आफना बालबालिकाहरुलाई दादुरा रुबेलाको खोप लगाउन आग्रह गरे, साथै यसलाई नियन्त्रण गर्नका लागी सबैले प्रचार प्रसार गर्नमा वडा कार्यालय, स्वमसेविका, स्थानिय क्लबहरुको पनि अहम भसमिका रहने भएकाले सबैले साथ र सहयोग गर्न आग्रह गरे ।
अपेक्षित नतिजा हासिल गर्न सबै क्षेत्र समुदायका वालवालिकाहरुलाई खोपमा समेटनका लागी सबैले यो अभियानमा जुटनु पर्ने र आफनो समुदायमा पनि बढी प्रचार प्रसार गर्नका लागी सबैले साथ दिन नगर प्रमुख बोहराले आग्रह गरे ।