मन्त्र अस्पतालले १५ वर्षदेखी मासुको डल्लो बोकेका भट्टलाई दियो नयाँ जिवन

महेन्द्रनगर । मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर कञ्चनपुरमा जटिल किसिमको शल्यक्रिया सफलता पूर्वक गरिएको छ । १५ वर्षदेखी मासुको डल्लो आफनो अनुहारमा बोकेर जिवन निर्वाह गरिरहेका कृष्णपुर गुलरियाका ३८ वर्षका डम्मर भट्टले अब नयाँ अनुहार पाएका छन् । उनले काठमाण्डौ, भारतका विभिन्न शहरका अस्पतालमा उपचार गर्न पुगेको र कसैले पनि उपचार गर्न नमानेको बताए । एक पटक त शल्यक्रियाको लागी रकम पनि जम्मा गरेको भएपनि हुँदैन भनेर फर्किएको उनले सुनाए ।

पहिले सानो दाना जस्तो भएको र पछि बढदै गएको मासुको डल्लो अहिले मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर कञ्चनपुरमा सफल शल्यक्रिया भएको छ । ‘मेरो मुखमा देखिएको समस्याको उपचारका लागि म काठमाण्डौँ, भोजिपुरा गए तर त्यहाँ पैशा जम्मा गर्न लगाएपनि अन्तत अप्रेसन गरिदिएन, ‘उनले भने, ‘समान्य सोधपुछका लागि मन्त्रमा आएको थिए, सफल अप्रेसन भएर अहिले सन्चो लागेको छ ।’ बषौँदेखिको उपचार नपाएर मुखमै खिल बनेको डम्बरको मन्त्रमा क्षणभरमै उपचार भएपछि उनले नयाँ जिवनको अनुभुती गरेका छन ।

उनले सस्तोमा आफनै जिल्लामा स्वास्थ्य सेवा पाएपछि खुशी लागेको बताए । मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डा.गोविन्द रोकायले १५ वर्षदेखीको अनुहारमा रहेको मासुको डल्लाको सफल उपचार गरिएको जानकारी दिए । उनले अस्पतालमा रहेका नाक , कान तथा घाटी रोग विशेषज्ञ डा. रचित पोखरेल र कन्सल्टेन्ट एनेथेसियोलोजिष्ट डा. दिनेश श्रेष्ठको टिमले गरेको मिहिनेतले विरामीले नयाँ अनुहार पाएको बताए ।

उपचारका लागि विभिन्न नेपाल तथा भारतका अस्पतालमा उपचार हुन नसकेपछि मन्त्र अस्पतालमा भईरहेको छ । मन्त्र अस्पतालमा विगत डेढ बर्षदेखि कार्यरत नाकनाकघाटी विशेषज्ञ डा.रचित पोखरेलले उपचार गरिरहेका छन । नयाँ दिल्ली स्थित एम्स मेडिकल कलेजबाट अध्ययन गरेर झापाको बिएनसी, काठमाण्डौँको स्टार अस्पताल सहितका अस्पतालमा काम गरेका डा. पोखरेल अहिले मन्त्र अस्पतालमा छन ।

उनले दुरबिन विधीबाट उपचार गरिरहेका छन । डा. पोखरेलले नाक, नाक र घाटीको एलर्जी, पिनास सहितका विवित समस्या लिएर बिरामी आउने गरेको बताए । मन्त्रमा अहिले २४ सै घण्टा उक्त सेवा प्रदान हुँदै आएको छ ।

सम्बन्धित

Comments are closed.