मन्त्र हस्पिटलद्धारा भीमदत्त–११ मा हेल्थ डेस्क स्थापना

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको एक निजि अस्पतालले समाजिक कार्यमा सक्रिय भुमिका निर्वाह गरी रहेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले अस्पताल बाहिर हेल्थ डेस्क चलाएर सेवा दिई रहेको हो ।

नेपाल भारत सिमानाका गड्डाचौकीमा, महेन्द्रनगर खुल्ला मञ्चको मेलामा लगायत यस्तै विभिन्न क्षेत्रमा सेवा दिए संगै अहिले भीमदत्त नगरपालिका–११ गड्डाचौकीको सिद्धनाथ अमर माध्यामिक विद्यालयको प्राङगणमा संचालन भईरहेको दोस्रो मेयर कप डे–नाईट क्रिकेट प्रतियोगितामा आफ्नो हेल्थ डेस्क सञ्चालनबाट सेवा दिदै आईरहेको छ ।

खेलको पहिलो दिन देखि अन्तिम दिन सम्म हेल्थ डेस्क रहने मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक डा.गोबिन्द रोकायाले जानकारी दिएका छन । केहि समय अघि विरामीहरु सामान्य उपचार बाहेक अन्य समस्याहरुको लागि भारत तथा कञ्चनपुर जिल्ला बाहिर जाने गरेका थिए भने मन्त्र अस्पताल खुलेपछि यहि बाट सेवा प्राप्त गर्न थालेपछि बाहिर जाने बिरामीहरु रोकिएका स्थानियहरुको भनाई रहेको छ ।

यस्तै कृष्णपुर नगरपालिका ५ गुलरियाका स्थानीय डम्बर भट्टको गाला (मुख) मा १६ बर्ष अघि मासु पलाएको थियो । नेपाल भारतका चर्चित अस्पतालमा उपचारका लागि गएपनि त्यहा निको नभएपछि डा.रचित पोखरेलले सफल उपचार गरेको भट्टले बताए । विगत डेढ बर्षदेखि कार्यरत नाक, कान, घाटी विशेषज्ञ डा.रचित पोखरेलले यस्ता जटिल विरामीहरुको सफल उपचार गरिरहेका छन ।

नयाँ दिल्ली स्थित एम्स मेडिकल कलेजबाट अध्ययन गरेर झापाको बिएनसी, काठमाण्डौँको स्टार अस्पताल सहितका अस्पतालमा काम गरेका डा. पोखरेल अहिले मन्त्र अस्पतालमा छन । मन्त्र हस्पिटल निर्देशक डा.रोकायाले यस क्षेत्रको बिरामीको समस्या मध्यनजर गर्दैे गुणस्तरिय सेवा प्रदान गर्दै आएको बताउनुका साथै समाजिक सेवामा पनि सक्रियता कायम राख्ने बताएका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.