कञ्चनपुर ब्याडमिन्टन संघद्वारा भलिबल संघका बरीष्ठ उपाध्यक्ष धामी लगायत ८ जना सम्मानित

महेन्द्रनगर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघले खेलकुदको क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै नेपाल भलिबल संघका बरीष्ठ उपाध्यक्ष, पूर्व राखेप सदस्य हरक सिंह धामी लगायत ८ जनालाई सम्मानित गरीएको छ । शनिवार कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको २३औँ साधारण सभा र १४आँै जिल्ला अधिवेशनको उपलक्ष्यमा खेलकुदलाई माथी उकास्न खेलकुदको सर्वाङगिण विकासका लागी गरेको योगदानको कदर गर्दै ९ जनालाई सम्मानीत गरिएको हो ।

विगत लामो समयदेखी कञ्चनपुरमा खेलकुकदको क्षेत्रमा पुय्राएको योगदान अविस्मरणिय रहेको र विषेश गरेर ब्याडमिन्टन खेलको विकास र खेलाडी उत्पादनमा गरेको योगदान उच्च कदर गर्दै धामीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले सबै सम्मानित हुनुहुने व्यक्तीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

सम्मानित हुनेमा भलिबल प्रशिक्षक जगदिशप्रशाद भट्ट, कबड्डी प्रशिक्षक विष्णुदत्त भट्ट, सुदूरपश्चिम प्रदेश ब्याडमिन्टन संघ उपाध्यक्ष सिद्धराज भट्ट रहेका छन् । यस्तै, बक्सिङ खेलका ओलम्पियन डम्बरदत्त भट्ट ब्याडमिन्टनको विकासमा पुय्राएको योगदानको कदर गर्दै पूर्व अध्यक्ष लक्ष्मी दत्त पाण्डेय, हरिश थापा, सञ्जिवचन्द्र भट्ट र ब्याडमिन्टन विकासमा सहयोग गरेकोमा डम्बरदत्त भट्टलाई सम्मान गरिएको छ ।

भलिबल संघका बरीष्ठ उपाध्यक्ष, पूर्व राखेप सदस्य हरक सिंह धामीको जन्म २०२२÷ ११÷२ दार्चुलाको दुहु हिकिला –२ मा भएको हो । २०३४–०४० सम्म बिरेन्द्र शिल्ड दार्चुला महेन्द्र मा बिबाट आफनो खेलकुदको सुरुवात गर्नु भएको थियो । २०३८ – ०४७ सम्म भलिबल र एथलेटिक्स का राष्ट्रिय प्रतीयोगीतामा सहभागी हुनु भयो । २०५४ साल देखि जिल्ला भलिबल संघ कंचनपुरमा संस्थापक सचिब भएर काम गर्नु भयो । २०५४ देखि हाल सम्म लगातार नेपाल भलिबल संघ को सदस्य हुदै हाल नेपाल भलिबल संघ को बरीष्ठ उपाध्यक्ष पदमा रहेर खेलकुदको विकासमा लाग्नु भएको छ ।

२०४८ देखि २०६० साल सम्म कंचनपुर मा भलिबल को ब्यवस्थापकमा रहेर काम गर्नु भयो । साथै विभिन्न खेलका उत्कृष्ट खेलाडी उत्पादनमा अहम भुमिका रहेको र खेलाडी सम्मान लगायतमा आर्थीक सहयोग गरेर खेल र खेलाडीको विकासमा योगदान दिनु भएको छ । साथै भलिबल संघका बरीष्ठ उपाध्यक्ष, पूर्व राखेप सदस्य हरक सिंह धामी ब्याडमिन्टनका अन्तरराष्ट्रीय पदक प्राप्त खेलाडी दिपेश धामीको बुवा हुनुहुन्छ ।

खेलाडीमा राज्यले व्यापक लगानी गर्नुपर्ने, तातो रगत र भरपुर जवानी खेलकुदमा समर्पित गर्ने राष्ट्रिय गौरव, प्रतिष्ठा आर्जन का जिउँदा माध्यम खेलाडीहरु को सम्मानित जिवन जिउने आधार राज्यले तयार गर्नु पर्छ भन्ने अभियानका साथमा आफु यो क्षेत्रमा लागेको उहाँको भनाई रहेको छ ।

साथै, जिल्ला ब्याडमिन्टन संघ कंचनपुरले अधिबेशन को अवसर पारेर उपचाररत ब्याडमिन्टनका भु।पु। जिल्ला उपाध्यक्ष भेटेरान ब्याडमिन्टन खेलाडी चेतमान खडकालाइ नगद ३० हजार आर्थिक सहयोग गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.