महेन्द्रनगर । कञ्चनपुरको जापान कराते डो कोशिकाई सितोरियोका खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा आयोजना हुने खेलमा भाग लिन भारत प्रस्थान गरेका छन् । विहिवार जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले अन्तराष्ट्रिय स्तरमा भारतको जयपुरमा आयोजना भईरहेको महाराणा प्रताप इन्डो कराते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाइ विदाइ गर्नु भएको छ ।
जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालका ३४ जना खेलाडीहरुलाई खादा नेपालको झण्डासहितको सम्मान दिएर जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, सुदूरपश्चिम प्रदेशका कराते प्रमुख प्रशिक्षक बिमल खडायत, बक्सिङका प्रशिक्षक ओलम्पिक खेलाडी डम्बर दत्त भट्ट, जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट, कराते संघका जिल्ला अध्यक्ष दिपेन्द्र बिष्ट ,प्रदेश करातेका मुख्य सचीव प्रेम बहादुर चन्द,करातेका बरिष्ठ सल्लाहकार लक्ष्मीदत्त बोहरा ,नेपाली काग्रेका नगर सभापति अच्युतराज कलौनीले विदाइ गरेका छन् ।
विदाई कार्याक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय समिति प्रमुख बोहराले भारतमा हुने खेलमा भाग लिन जानु हुने सम्पुर्ण खेलाडीहरुलाई पदक जित्ने गरी खेल खेल्न र आफनो राष्ट्रको सम्मान हुने गरी अनुसासित भएर आफनो खेलको प्रदर्शन गर्न आग्रह गर्नु भयो ।
जुन माया सम्मानका साथमा नेपालको झण्डा ओढेर भारतमा खेल खेल्न सहभागी हुनु हुन सबैले आफनो सिप कलाको उचित प्रयोग गरी आफनो देशको नाम खेल मार्फत भरातमा पनि पहिचान बनाउने गरी खेल्न बताउनु भयो ।
यस्तै, जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव अभिषेक सिंहले यो सम्मानको साथमा भारतमा हुने खेलमा स्वर्ण पदक जित्ने आशाको साथमा खेल अेलेर आफनो देशको नाम राख्ने बताउनु भयो । साथै उहाँले सम्मानका साथमा विदाइ गरे आफु लगायत आफना खेलाडीहरुको मनोबल उच्च बनाउनु हुने सम्पुर्ण सहयोगी अग्रज गुरुहरु, समन्वय प्रमुख लगायतको टिमलाइ धन्यवाद व्यक्त गर्नुभयो ।
गत वर्ष यही टिमले भारतमा भएको साफ गेममा नेपालको तर्फबाट प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
Comments are closed.