जापान कराते डो कोशिकाइका खेलाडीहरुले पहिलो दिनमा भारतमा १६ स्वर्ण पदक जिते

महेन्द्रनगर । कञ्चनपुरको जापान कराते डो कोशिकाई सितोरियोका खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा गोल्ड मेडल हात पारेका छन् । भारतको जयपुरमा महाराणा प्रताप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालका १६ जना खेलाडीहरुले स्वर्ण पदक जितेका हुन् ।

शनिवार पहिलो दिनको सुरुवात खेलमै १६ जना खेलाडीहरुले स्वर्ण पदक जितेको जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव अभिषेक सिंहले जानकारी दिनु भयो । शनिवार भएको खेलमा प्राप्ती गुरुङ ,गणेश भट्ट, रुपेन्द्र सिंह, अनमोल सुनारले स्वर्ण पदक हात पारेका हुन् ।

यसैगरी, लक्ष्मण बिष्ट, कपिल पनेरु, अंकित बिष्ट, ईसान्त भट्ट, प्रियान्सु उपाध्याय ,तेन्जिङ चौधरी, निलम वम, राजेन्द्र प्रसाद भट्टले स्वर्ण पदक जितेका हुन् । यस्तै, मनोज बोहरा, आदित्य पाल, बिपिन बोहरा, रोहित सिंह सामन्तले स्वर्ण पदक जितेको उहाँले बताउनु भयो ।

विहिवार जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालका ३४ जना खेलाडीहरुलाई खादा नेपालको झण्डासहितको सम्मान दिएर जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, सुदूरपश्चिम प्रदेशका कराते प्रमुख प्रशिक्षक बिमल खडायत, बक्सिङका प्रशिक्षक ओलम्पिक खेलाडी डम्बर दत्त भट्ट, जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट, कराते संघका जिल्ला अध्यक्ष दिपेन्द्र बिष्ट ,प्रदेश करातेका मुख्य सचीव प्रेम बहादुर चन्द,करातेका बरिष्ठ सल्लाहकार लक्ष्मीदत्त बोहरा ,नेपाली काग्रेका नगर सभापति अच्युतराज कलौनीले विदाइ गरेका थिए ।

गत वर्ष यही टिमले भारतमा भएको साफ गेममा नेपालको तर्फबाट प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

सम्बन्धित

Comments are closed.