कञ्चनपुरको जापान कराते डो कोशिकाई भारतमा २६ स्वर्णसहित प्रथम

महेन्द्रनगर । कञ्चनपुरको जापान कराते डो कोशिकाई सितोरियोका खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा २६ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएका छन् । भारतको जयपुरमा महाराणा प्रताप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालले २६ जना खेलाडीहरुले स्वर्ण पदक र ५ सिल्भर मेडल जितेर नेपाल प्रथम भएको हो ।

स्वर्ण हात पार्नेमा कुन्जलता गुरुङ, सुमित्रा बिष्ट, खुशी सुनार, गरिमा जाग्री, ज्योती धामी, बिकास रावल, पबेन्द्र कुमार धामी, बिजेश ओड, सुशान्त भट्ट, बिबेक चन्द, प्राप्ती गुरुङ, गणेश भट्ट, रुपेन्द्र सिंह धामी रहेको जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव अभिषेक सिंहले जानकारी दिनु भयो । यसैगरी, अनमोल सुनार, लक्ष्मण बिष्ट, कपिल पनेरु, अंकित बिष्ट, ईसान्त भट्ट, प्रियान्शु उपाध्याय, तेन्जिङ चौधरी, निलम बम, राजेन्द्र प्रसाद भट्ट, मनोज बोहरा, आदित्य पालले स्वर्णपदक जितेका छन् ।

यस्तै, बिपिन बोहरा, रोहित सिंह सामन्त लगायतका खेलाडीहरुले गोल्ड मेडल जितेका छन, भने,सिल्भर मेडल जित्ने खेलाडीहरु प्रिन्स साउद, निरज रावल,बबिता ठगुन्ना,सदिक्षा भट्ट,पुजा चौधरी रहेका छन । अन्तराष्ट्रिय स्तरमा २६ वटा स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको प्रती आफुलाई आफना खेलाडीहरु प्रती गर्व महसुस भएको जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव अभिषेक सिंहले बताउनु भयो ।

विहिवार जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालका ३४ जना खेलाडीहरुलाई खादा नेपालको झण्डासहितको सम्मान दिएर जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, सुदूरपश्चिम प्रदेशका कराते प्रमुख प्रशिक्षक बिमल खडायत, बक्सिङका प्रशिक्षक ओलम्पिक खेलाडी डम्बर दत्त भट्ट, जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट, कराते संघका जिल्ला अध्यक्ष दिपेन्द्र बिष्ट ,प्रदेश करातेका मुख्य सचीव प्रेम बहादुर चन्द,करातेका बरिष्ठ सल्लाहकार लक्ष्मीदत्त बोहरा ,नेपाली काग्रेका नगर सभापति अच्युतराज कलौनीले विदाइ गरेका थिए ।

गत वर्ष यही टिमले भारतमा भएको साफ गेममा नेपालको तर्फबाट प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.