जापान कराते डो कोशिकाईका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव अभिषेक सिंहलाइ सम्मान

महेन्द्रनगर । जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव अभिषेक सिंहलाई सम्मान गरिएको छ । भारतको जयपुरमा महाराणा प्रताप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालले २६ जना खेलाडीहरुले स्वर्ण पदक र ५ सिल्भर मेडल जितेर नेपाल फर्किए पछि सम्मान गरिएको हो ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ बनसमिति स्थित अनिरुद्र माध्यमिक विद्यालयका दश जना विद्यार्थीहरुले पनि उक्त खेलमा स्वर्ण पदक जितेका थिए । बैशाख २९ र ३० गते भारतको राजस्थानको जयपुरमा आयोजित प्रतियोगितामा अनिरुद्र माध्यमिक विद्यालयका दश जना विद्यार्थीहरुले स्वर्ण पदक जित्दा एक जना विद्यार्थीले सिल्भर मेडल जितेका हुन् ।

त्यही अवसरमा विद्यार्थीहरु र गुरु अभिषेस सिंहलाई पनि सम्मान गरिएको हो । गोल्ड मेडल जित्नेमा पवेन्द्र धामी,गणेश भट्ट,रुपेन्द्र सिंह धामी,विपिन बोहरा,निलम बम रहेका छन् । त्यस्तै रोहित सिंह सामन्त,आदित्य पाल,विवेक चन्द निरज रावल र बबिता ठगुन्नाले पनि प्रतियोगितामा गोल्ड मेडल जितेका हुन् ।

सदिक्षा भट्टले सिल्भर मेडल जितेकी हुन् । पद विजेता विद्यार्थीहरुलाई शुक्रवार विद्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको छ । विद्यालयले कराते ग्राण्ड मास्टर नेपाल हंशी अभिषेक सिंह (गुरु) लगायत विद्यार्थीहरुलाई खादा,माला सहित नगद प्रदान गरेर सम्मान गरिएको हो ।

शुक्लाफाँटा नगरपालिकाका खेलाडीहरुले भारतमा गोल्ड मेडल (स्वर्ण पदक) जितेका छन् । नेपालको प्रतिनिधित्व गर्दै महाराणा प्रताप इण्डो नेपाल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामासम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक डिडि अवस्थीले पदक विजेता विद्यार्थी खेलाडीहरुले पदक जितेर विद्यालय,जिल्ला हुँदै राष्ट्रकै गौरव र गरिमा उच्च राख्न सफल भएकामा खुसी व्यक्त गर्दै धन्यवाद दिए ।

उनले विद्यालयले गुणस्तरीय शिक्षा संगै खेलकुदलाई पनि अगाडि बढाइरहेको समेत बताए । देशभरमा २६ जना खेलाडीहरुले यस प्रतियोगितामा स्वर्ण पद जितेका छन् । गत वर्ष यही टिमले भारतमा भएको साफ गेममा नेपालको तर्फबाट प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

सम्बन्धित

Comments are closed.