महेन्द्रनगर । कञ्चनपुरका २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका ५ बर्ष मुनीका बालबालिकाहरुलाई खोप दिईने भएको छ । जिल्लामा रहेका ५ बर्ष मुनीका ३३ हजार बढी बालबालिकालाई आईभिपी खोप दिईने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले १३ जेठदेखि २६ सम्म जिल्लाभरी खोप अभियान संचालन गर्ने जनाएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुवरले खोप अभियानको जिल्लाका तयारी पुरा भएको बताए । सुईका माध्यमबाट बालबालिकाहरुलाई खोप दिईने छ । जिल्लाभरी ३३ हजार, ९ सय ४२ बालबालिकाहरुलाई खोप दिईने भएको छ । उक्त खोप अभियानका लागि ५ सय ८५ खेप केन्द्रबाट १ सय ५३ स्वास्थ्यकर्मी र ७ सय १० स्वयसेविका सहित ८ सय ६३ जनशक्ति खटिनेछ ।
खोप अभियानका क्रममा केही बालबालिबकामा समस्या आएर महाकाली प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञको संयोजकत्वमा स्वास्थ्यकर्मीको टोली तयार गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका सुपरभाईजर कपिलदेव जोशीले अभियानका दौरानमा कुनै स्वास्थ्य समस्या आए संचारकर्मीदेखि सरोकारवाला निकाय जिम्मेबार बन्नुपर्नेमा जोडदिए ।
बेलडाँडी गाँउपालिका १ हजार १ सय ७४, बेलौरी २ हजार ७ सय ९३, लालझाडी गाँउपालिका १ हजार ३ सय ८१, पुनर्वास नगरपालिका ४ हजार ३ सय ११, शुक्लाफाँटा नगरपालिका ३ हजार ५८०, भीमदत्त नगरपालिकामा ८ हजार ५ सय ६२, बेदकोट नगरपालिकामा ३ हजार २३२, कृष्णपुर नगरपालिकामा ५ हजार ६ सय ६७ र दोधाचाँदनी नगरपालिका ३ हजार २ सय ४२ बालबालिकालाई खोप दिईनेछ ।
Comments are closed.