समाजसेवी मल्लद्वारा ९९ जना विपन्न विद्यार्थीहरुलाई ट्रयाक सुट सहयोग

महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका ४ खलंगा निवासी हाल जापानमा रहनु भएका युवा समाजसेवी विनय प्रकाश मल्लले विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गर्नु भएको छ । डडेल्धुरामा रहेका आमा बुवा गुमाएका गरिव, दलित, विपन्न परिवारका ९९ जना विद्यार्थीहरुलाई सहयोग गर्नु भएको हो ।

आफनो व्यक्तिगत खर्चबाट सामुदायिक विद्यालयमा अध्ययनरत रहेका आर्थिकरुपमा विपन्न विद्यार्थीहरुलाई सहयोग गरेको समाजसेवी विनय प्रकाश मल्लले बताउनु भयो । आमा बुवा गुमाएका २४ जना, घटाल माबी नुवाकोटमा अध्ययनरत विपन्न विद्यार्थीहरु १७ जना, जनज्योती प्रावी आदित्यपुरमा ३० जना, कैलपाल प्रावी डोला मनानामा १८ जना, र निलकण्ठ आबी कोटेउडामा १० जना गरी ९९ जनालाई ट्रयाक सुट सहयोग गरिएकोसमाजसेवी मल्लले बताउनु भयो ।

साथै उक्त कार्यमा मोहन भण्डारी, दीपक सिंह भण्डारी, किर्तीबहादुर ऐर, शेरबहादुर भण्डारी, दिपक भट्ट, बिशाल बस्नेत, खगेन्द्र ठकुराठी, पुरन महता लगायतले समन्वय गर्नु भएको थियो । डडेल्धुरामा अहिले बिरामी हुँदा समस्या हुँदा, अप्ठयारोमा हुँदा समाजसेवी मल्ललाई खोज्ने गरिन्छ आशाको केन्द्र नै समाजसेवी मल्लमा आएर रोकिन्छ ।

डडेल्धुरामा पछिल्लो समय दिनदुखी विपन्न, गरिव दलित अपाङगता, आर्थिक अभावले उपचार गर्न नपाएकाहरुको मुखमा आउने एउटै नाम हो विनय प्रकाश मल्ल उनले विगतका वर्षदेखी आफनो जन्म भुमीका लागी लाखौ रुपैँया दिन दुखी गरिव पिडितहरु एकल महिला, दलित लगायतहरुलाई सहयोग गर्दै आएका छन् ।

डडेल्धुरा घर भईहाल जापानमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले समस्या बारे जानकारी पाएपछि तुरुन्तै उनलाई नगद सहयोग गरेको बताए । हाल जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् ।

साथै उनले सुदूपश्चिमका अन्य जिल्लाबाट पनि दैनिकरुपमा सहयोगका लागी आग्रह आईरहेको अवस्थामा अहिले डडेल्धुराका गरिब तथा एकल महिला, दलितहरुको पिडामा केन्द्रित रहेको भएर अन्य जिल्लामा अहिले सहयोग गर्न नसकिरहेको समाजसेवी मल्लले बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.