महेन्द्रनगर । कञ्चनपुरको जापान कराते डो कोशिकाई सितोरियोका खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा २६ स्वर्ण पदक जितेपछि सम्मानित भएका छन् । सोमवार जिल्ला समन्वयको हलमा एक कार्यक्रमको आयोजना गर्दै २६ स्वर्ण पदक र ५ सिल्भर मेडल विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो ।
बैशाख २९ र ३० गते भारतको जयपुरमा महाराणा प्रताप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालका २६ जना खेलाडीहरुले स्वर्ण पदक र ५ सिल्भर मेडल जितेर नेपाल प्रथम भएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्बय समिति प्रमुख दुर्गा दत्त बोहराले अन्तराष्ट्रिय स्तरमा यसरी संघर्ष गरेर आफनो देशको नाम राख्न सफल हुने सबै खेलाडी र गुरु अभिषेक सिंहलाई धन्यवाद व्यक्त गर्नु भयो ।
यो अन्तिम खेल नभएर भविश्यमा यही खेलकुदाको माध्यमबाट आफनो देशको नाम र जिल्लाको नाम अन्य क्षेत्रमा देश विदेशमा चर्चाको विषय बनाउने उदेश्यको साथमा खेलकुदलाई अगाढी बढाउन आग्रह गर्नु भयो । साथै यो खेलको विकासका लागी आफुले गर्नु पर्ने सहयोग साथ समन्वय र हौसला दिन आफु तत्पर रहेको बताउनु भयो ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी चक्रराज जोशीले अहिले अन्तराष्ट्रिय स्तरमा २६ स्वर्ण पदक जितेर ल्याउनु भनेको सुदूरपश्चिमको शान मान र ईज्जत बढेको बताउनु भयो । पछिल्लो समय युवा पुस्ता लागु औषधमा लिप्त भएको अवस्थामा यो खेलकुदको माध्यमबाट धेरै युवाहरु आफनो खेलकुदमा व्यस्त हुने जसले गर्दा उनिहरुको स्वास्थ्य पनि राम्रो हुने र देशको नाम राख्न सफल हुने कार्य एकदमै उत्कृष्ट रहेको बताउनु भयो ।
यसरी नै खेलकुदमा लाग्न उहाँले अन्य युवाहरुलाई पनि आग्रह गर्नु भयो । जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव अभिषेक सिंहले आफनो खेलाडीहरुलाई दिइएको सम्मानले थप हौसला र अझे खेलकुदको क्षेत्रमा केही गर्ने प्रोत्साहन र जिम्मेवार थप भएको बताउनु भयो । साथै खेलकुद भित्र थुपै्र चुनौती समस्याहरु रहेको भएपनि आफनो क्षमता र कला, गुणस्तरीय खेलका आधारमा खेलाडीको मनोबल उच्च बनाउदै अगाढी बढाएर लगेको बताउनु भयो ।
स्वर्ण पदक हात पार्नेमा कुन्जलता गुरुङ, सुमित्रा बिष्ट, खुशी सुनार, गरिमा जाग्री, ज्योती धामी, बिकास रावल, पबेन्द्र कुमार धामी, बिजेश ओड, सुशान्त भट्ट, बिबेक चन्द, प्राप्ती गुरुङ, गणेश भट्ट, रुपेन्द्र सिंह धामी रहेको जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव अभिषेक सिंहले जानकारी दिनु भयो । यसैगरी, अनमोल सुनार, लक्ष्मण बिष्ट, कपिल पनेरु, अंकित बिष्ट, ईसान्त भट्ट, प्रियान्शु उपाध्याय, तेन्जिङ चौधरी, निलम बम, राजेन्द्र प्रसाद भट्ट, मनोज बोहरा, आदित्य पालले स्वर्णपदक जितेका छन् । यस्तै, बिपिन बोहरा, रोहित सिंह सामन्त लगायतका खेलाडीहरुले गोल्ड मेडल जितेका छन,
भने,सिल्भर मेडल जित्ने खेलाडीहरु प्रिन्स साउद, निरज रावल,बबिता ठगुन्ना,सदिक्षा भट्ट,पुजा चौधरी रहेका छन । अन्तराष्ट्रिय स्तरमा २६ वटा स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको प्रती आफुलाई आफना खेलाडीहरु प्रती गर्व महसुस भएको जापान कराते डो कोशिकाई सितोरियोका केन्द्रिय चिफ कोच केन्द्रिय महासचिव अभिषेक सिंहले बताउनु भयो । गत वर्ष यही टिमले भारतमा भएको साफ गेममा नेपालको तर्फबाट प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
Comments are closed.