भीमदत्तले युवा, महिलाहरुलाई सिपयुक्त तालिम दिएपछि रोजगार हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपन्न, गरिब, दलित एकल महिलाहरुलाई स्वरोगार बनाउने उदेश्यले विभिन्न तालिमहरु प्रदान गरिरहेको छ । भीमदत्त नगरपालिकाको रोजगार शाखा अन्तरगत बिपन्न तथा दलित समुदायहरुका लागि सन्चालन भइरहेका विभिन्न तालिमहरुकोे अनुगमन गरिएको छ ।

भीमदत्त नगरपालिकाले २० जनालाई १८ दिने कपाल काट्ने तालिम, बिपन्न दलित समुदायहरु बाट सहभागी हुने गरि हाते झोला बनाउने २५ जना लाई १५ दिने तालिमको आयोजना गरिएको भीमदत्त नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा अनुगमन समिती संयोजक निलम लेखक जोशीले बताउनु भयो ।

साथै, महिलाहरुका लागि १ महिने लोकसेवा कक्षा सन्चालन, युवाहरूका लागि २० जनालाइ १ महिने वएटर र २० जनालाई कुक तालिमको व्यवस्था गरिएको उहाँको भनाई रहेको छ । युवाहरुलाई महिलाहरुलाई रोजगारमुखी बनाउन र आत्मनिर्भर बनाएर आर्थिकरुपमा शसक्त बनाउने उदेश्यका साथमा यो तालिमहरुको आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा लगायको लगानीले तालिममा मात्र सिमित नभएर प्रतिफल पनि प्राप्त होस भन्ने उद्देश्यले पनि यो तालिमहरुको आयोजना गरिको उहाँका भनाई रहेको छ । भीमदत्त नगरपालिकाको रोजगार शाखा प्रमुख कृष्ण चन्दले महिलाहरुलाई युवाहरुलाई आत्मनिर्भर बनाएर स्वदेशमै केही सिप सिकेर आफनो र परिवारको पेट पाल्ने वातावरणको निर्माण गर्न विभिन्न सिप मुलक तालिमहरु प्रदान गरिएको बताउनु भयो ।

अहिले विभिन्न तालिममा १ सय भन्दा बढी युवा युवतीहरु प्रत्यक्ष जोडिएर सिपहरु सिकेर आत्मनिर्भर भएर काम पनि गर्न थालेको उहाँको भनाई रहेको छ । उक्त अनुगमन टोलीमा ईन्जिनियर हिमालय सिंह ऐर, कार्यपालिका सदस्य हरिहर परियार, गगन आग्रीलगायत रहेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.