भीमदत्तको सहयोगमा मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा मानसिक स्वास्थ्य सम्बन्धी सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । भीमदत्त नगरपालिकाको आर्थिक सहयोग टिपियो नेपाल काठमाण्डौको प्रविधिक सहयोग र मनोसामाजिक अनुसन्धान पुर्नस्थापना केन्द्र कञ्चनपुरको अयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा सहभागीहरुले पत्येक पालिकामा मनोविमर्शकर्ताको आवस्यक्ता रहेको बताएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु काम्ने, धेरै कराउने चिच्याउने बोल्ने समस्या देखिएको भएर र युवायुवतीको उमेरमा अनेक मानसिक तनाज लिने भएर मनमा अनेक कुरा सोच्ने र आत्म हत्या गर्ने प्रवृत्ती बढेको भएर विद्यँलयमा मनोपरामर्शकर्ताको आवस्यक्ता रहेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका कार्यवाहक नगरप्रमुख निलम लेखकले अहलिे युवायुवतीहरुमा मात्रै नभएर वयस्क वृद्धवृद्धाहरुमा पनि मानसिक समस्या देखा परीरहेको अवस्थामा नगरपालिकाले यो विषयमा रहेर विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको बताउनु भयो ।

स्वास्थ्य नै राम्रो भएन स्वस्थ्य शरिर नै रहेन भने भोलीका देशका कर्णधारहरु पनि जोखिममा पर्ने भएकोले यो विषयमा घरदेखी नै आफनो परिवारमा पनि आपुले परिवर्तन हुन जरुरी रहेको बताउनु भयो ।

भीमदत्त नगरपालिकाले बजेट विनियोजन गर्दा सर्वप्रथम स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको र त्यसपछि शिक्षालाई प्राथमिकता मा राखेको बताउनु भयो । देशैभ।मा बजेटको अवस्था घटेर आउको बेलामा पनि भीमदत्त नगरपालिकाले यो समुदाय समाजलाई कसरी स्वस्थ्य राख्न सकिन्छ, भनेर दिनरात खटिएर विभिन्न योजनामा स्वास्थ्यका कार्यक्रम गरेर आम जनतालाई स्वस्थ्य राख्न चासो, चिन्ताको साथमा लागी परिरहेको बताउनु भयो ।

साथै,वडाहरुमा पनि पहिलो प्राथमिकता भनेको स्वास्थ्यलाई दिनु भनेर बजेट सिलिङ दिएर काम भईरहेको बताउनु भयो । साथै मानसिक समस्या बढने भनेकै लागुऔषध पनि एका कारण रहेको हुँदा विद्यालयमा विगतमा र अहिले पनि जनचेतना मुलक कार्यक्रमको आयोजना गरी उनिहरुलाई सचेतना दिई रहेको बताउनु भयो ।

यस्तै कार्यक्रमका सभाध्यक्ष एवम मनोसामाजिक अनुसन्धान पुर्नस्थापना केन्द्र गिरीराज शर्माले, अहिले नेपालमा मानसिक रोगका विराम िकति छन भनेर आधिकारिक तथ्याङक नरहेको बताउनु भयो ।

नेपालमा कुल जनसंख्याको ४ प्रतिशत जनता मानसिक समस्याबाट ग्रसित रहेको बताउनु भयो । उक्तः कार्यक्रमको संचालन टिपियो नेपालका मनोविमर्शकर्ता पूर्णसिंह क्षेत्रीले गर्नु भएको थियो ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.