महेन्द्रनगर । कञ्चनपुरलाई पूर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा हो ।
जिल्लामा रहेका ७ नगरपालिका र २ गाँउपालिकामा रहेका १६ देखी ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खोप दिलाई पूर्णखोप पाएको सुनिश्चितता गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीले जानकारी दिनुभयो ।
११ प्रकारका खोपहरु सबै बालबालिकाहरुलाई प्रदान गरि अहिले जिल्लालाई पूर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएका उहाँको भनाई रहेको छ । सरकारले नेपाललाई पूर्णखोप सुनिश्चित भएको देश बनाउने राष्ट्रिय लक्ष्य अनुरुप २०७२ श्रावण ९ गतेका दिन कञ्चनपुर जिल्लालाई पूर्णखोप जिल्लाको रुपमा पहिलो पटक घोेषणा गरिएको बताउनु भयो ।
प्रत्येक वर्ष जन्मेका बालबालिकाहरुलाई राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाको उमेर भित्र पाउनु पर्ने सबै खोपहरु पुरा गरेपछि पूर्ण खोप सुनिशिच्तता तथा दिगोपना कायम राख्ने कार्यक्रमलाई निरन्तरता र दिगो बनाउने उदेश्यका साथ यो अभियानलाइै निरन्तरता दिदै आएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत जोशीले बताउनु भयो ।
जिल्लामा जन्मेदेखी १५ महिनाका बालबालिकाहरु जम्मा ८ हजार ७ सय ९५ जना रहेकोमा सबै बालबालिकाहरुले नियमित खोप कार्यक्रम अनुसार नै खोप पाईरहेको र १६ देखी ५९ महिनाका बालबालिकाहरु १७ हजार ८ सय ८२ जना रहेकोमा सबैलाई राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै सुनिश्चित गरिएको बताउनु भयो ।
साथै स्वास्थ्यकर्मीहरुबाट घरधुरी सर्वेक्षण गर्दा ५ जना शुन्य डोजको बच्चा र २ सय ८८ जना बालबालिकाहरु ड्रप आउट भएको पाईएको हुँदा निजहरुलाई समेत खोप पुरा गराइएको कोही पनि बालबालिका नछुटेको पाइैएकापछि आज कञ्चनपुरलाई पूर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताउनु भयो । वेदकोट नगरपालिकालाई जेष्ठ ३० गते, पुनर्वास नगरपालिकालाई असार ३ गते, लालझाडी गाँउपालिकालाई असार गते र बेलडाँडी गाँउपालिकालाई असार ७ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।
यसैगरी, शुक्लफाँटा नगरपालिकालाई असार १० गते, बेलौरी नगरपालिकालाई असार १० गते, कृष्णपुर नगरपालिकालाई असार १३ गते, दोधरा चादनी नगरपालिकालाई असार १३ गते र भीमदत्त नगरपालिकालाई असार २० गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।
Comments are closed.