माओवादी केन्द्र कञ्चनपुर ः ‘वाढीपीडितलाई राहत, क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण यथाशिघ्र गर्नुपर्छ’

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र कञ्चनपुरले जिल्लाभरीका वाढीपीडित नागरिकलाई आवश्यक राहत दिनुपर्ने माग अघि सारेको छ । माओवादी केन्द्र कञ्चनपुरले जिल्लाभरीका वाढीपीडित नागरिकलाई आवश्यक राहत, निजी घर सहितका क्षति भएका सम्पतीको क्षतिपूर्ति र भत्किएका सार्वजनिक सरचनाको यथाशिघ्र पुर्ननिर्माणको माग अघि सारेको हो ।

वाढीबाट ज्यान गुमाएका पीडित परिवारलाई समेत राहतका कार्यक्रम, विस्थापितलाई आवश्यकता अनुरुपका खाद्यान्न सहितका भौतिक सहयोग राहतका कार्यक्तम संचालन गर्न स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका सचिप सहबीर सुनार र संयोजक खेमराज पाण्डेयद्वारा हस्ताक्षरित गरिएको प्रेस विप्तीमा वाढीको पुर्व तयारीदेखि उद्दार,राहत पुर्ननिर्माणका कार्यमा कुनैपनि कसर बाँकी नराख्न तीनै तहका सरकारसंग आब्हान गरेको छ ।

साथै माओवादीले पाटीका नेता कार्यकर्ताहरुलाई विपद्का बेला आ–आफ्ना क्षेत्रमा भईरहेको वाढी, प्रकोप, कटानी एव क्षतिग्रस्थ क्षेत्रमा उद्दार, एव पुर्ननिर्माणका कार्यमा जुट्न समेत अपिल गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.