महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ मा रहेको पर्यटकिय स्थल शोभातालमा बिहीबारबाट डुङ्गा सेवा सञ्चालनमा आएको छ ।
बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले शोभातालको पर्यटन विकासका लागि संघीय सरकारको ससर्त अनुदान बाट ५ थान डुङ्गा, १ थान गौतम बुद्धको मूर्ति र १ थान सेल्फी स्टेण्ड लगायत सामाग्री शोभाताल संरक्षण समितिको परिसरमा पुगी हस्तान्तरण गरिएको छ ।
नगरप्रमुख पोतीलाल चौधरीले संघीय सरकार संग पहल गरी सामग्री माग गरेको जानकारी दिनुभयो । नगरको नीति तथा कार्यक्रममा तालहरू मध्ये शोभाताल पनि पर्यटकीय हबको रुपमा विकास गरिने निर्णय भए अनुरूप काम अगाडि बढाइएको र केही दिन बेलौरी नगरपालिका वडा नम्बर १,२ र ३ मा रहेको बन्धातालको पर्यटन विकासका लागि टेण्डर प्रकिया बढाइने समेत बताउनुभयो।
विगतदेखि नै शोभातालको चौतर्फी विकासका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले सहयोग गर्दै आइरहेको छ। कार्यक्रममा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, नगरप्रवक्ता हर्क बहादुर भूल, वडाध्यक्ष लाल बहादुर चौधरी,कार्यपालिका सदस्य आरती चौधरी लगायत स्थानीयको उपस्थित रहेको थियो।