महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ६ मुसेपानी मा वर्षातको पानीले कटानी गरेपछि स्थानिय जनजाली तिरुवाको घरलाई पालिकाले जोगाएको छ । स्थानीयहरुको अग्रसरतामा तिरुवा को घर जोखिम बाट जोगाउने कार्य भैरहदा आज शनिवार बेदकोट नगरपालिकाका उपप्रमुख जोशीको पहलमा ग्राभिलको व्यवस्थापन गरिएको हो ।
नगर पालिकाका उपप्रमुखले स्थलगत अनुगमन गरेपछि घरको अवस्था हेर्दा तुरुन्तै घर बचाउनु पर्ने अवस्था रहेको देखिएपछि अहिले माटो भरानको काम गरेर घर बचाउने काम गरिएको छ ।

उपप्रमुख जोशीको आग्रहमा ग्राविलको व्यवस्थापन गरेर स्थानियहरुले पनि कट्टामा माटो भरेर स्थानिय बाढी पिडित तिरुवाको घरलाई जोगाउने काम भई रहेको छ । तिरुवाको घर भित्रका अनाजलाई अन्यत्र सारिउको छ भने, माटो भरान पश्चात अहिले तिरुवा पनिे त्यही घरमा बसेका छन् ।

विपद व्यवस्थापन गर्नमा र बाढीबाट पिडितहरुलाई सहयोग गर्नमा अहिले वेदकोट नगरपालिकाले तदारुकता देखाएको छ । विपदबाट १० वटै वडामा पिडितहरु रहेको र जोखिममा परेका वस्ती नागरिकहरुलाई जोगाउने पहिलो प्राथमिकतामा पालिकाले काम गरिरहेको छ ।

साथै, विभिन्न गैरसरकारी संस्थाहरु संग समन्वय गरेर आवस्यक पर्ने सहयोगका लागी आग्रह गरिने भएको छ । वेदकोट नगरपालिकाका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वेदकोट नगरपालिकाका प्रमुख प्रसासकिय तथा कर्मचारीहरु राजनितिज्ञहरु, स्थानियहरुको सक्रियताले पनि वेदकोट नगरपालिमा भएका बाढी पिडितलाई आफनो स्थानिय सरकार घरदैलोमा आएको महसुस गरेका छन् ।

Comments are closed.