जापान कराते डो.कोशिकाई सितोरियो संघले झारखन्डमा हुने तेस्रो अन्तर्राष्ट्रिय करातेमा भाग लिने

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा रहेको जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालले अन्तराष्ट्रिय स्तरमा खेलको माध्यमबाट नेपालको नाम चम्काउन सफल भएको छ ।

गत बैशाख २९ र ३० गते भारतको जयपुरमा महाराणा प्रताप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमा रहेको जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालका २६ जना खेलाडीहरुले स्वर्ण पदक र ५ सिल्भर मेडल जितेर ईतिहास कायम गरेका थिए । अब फेरी ईतिहास कायम गर्ने समय आएको कराते ग्रान्डमास्टर नेपाल हन्सी अभिषेक सिंह ,गुरु, ले बताउनु भएको छ ।

भारतको झारखन्डमा तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भाद्र १३ गतेदेखी शुरु हुँदैछ, उक्त प्रतियोगितामा भाग लिन सुदूरपश्चिम प्रदेशमा रहेको टोली ११ गते प्रश्थान गर्ने उहाँले बताउनु भयो । फेरि पनि नेपाल लाई स्वर्ण पदक दिलाउने गरी खेलाडीहरुले आफनो तयारी गरिरहेको कराते ग्रान्डमास्टर नेपाल हन्सी अभिषेक सिंह ,गुरु,ले बताउनु भयो । उक्त खेलमा नेपालको तर्फबाट कम्तीमा पनि ५० जना खेलाडीहरुले भाग लिने भएका छन र उक्त प्रतियोगिताका लागि खेलाडीहरु अझै बढन सक्ने सम्भावना छ ।

यस्तै, अफिसियलहरु कराते ग्रान्डमास्टर नेपाल हन्सी अभिषेक सिंह,गुरु,लगायत तीन जनामा टिम म्यानेजर,एक जना टिम कोच पनि भारतमा जानेका भएका छन् । उक्त अन्तर्राष्ट्रिय कराते प्रतियोगिता को म्याच फिक्स गर्न जादा झारखन्ड कराते महासंघ ले नेपाल का कराते ग्रान्डमास्टर हन्सी अभिषेक सिंह,गुरु, लाई एक कार्यक्रमको आयोजना गर्दैे भव्य स्वागत एवम सम्मान गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.