महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सोमबार गठन भएको २२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायका भने कोही पनि मन्त्रीमा समेटिएनन् । सरकारमा चार दल सहभागी छन् ।
कसैले पनि उक्त समूदायका सांसदलाई मन्त्रीको रुपमा पठाएनन् । एमालेको भागमा प्रधाममन्त्रीबाहेक ८ मन्त्रालयमा परेको छ ।
कांग्रेसको भागमा १० मन्त्रालय परेका छन् । यी दुवै दलले दलितलाई पठाएनन् । जसपाले दुई मन्त्री पाएकोमा दलित पठाएन । साभार कान्तिपुर