मन्त्र अस्पतालले दियो प्रहरीलाई निशुल्क स्वास्थ्य शिविर

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको एक निजि अस्पतालले समाजिक कार्यमा सक्रिय भुमिका निर्वाह गरीरहेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले अस्पताल बाहिर हेल्थ डेस्क चलाएर सेवा दिईरहेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मन्त्र अस्पतालले निशुल्क स्वास्थ्य चेकजाँच र औषधीहरु वितरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा रहेका सुरक्षाकर्मीहरु र थुनुवाहरुलाई पनि स्वास्थ्य चेकजाँच गरिएको हो । ५० जना सुरक्षाकर्मीहरु र ३२ जना थुनुवाहरुको स्वास्थ्य चेकजाँचसहित निशुल्क औषधीहरु वितरण गरिएको छ । आफनो सामाजिक उत्तरदायित्व कार्य अन्तरगत सामाजिक जिम्मेवारी बहन गर्न र देश र जनताको सेवामा सक्रिय रुपमा खटिने नेपाल प्रहरीको स्वास्थ्य पनि राम्रो बनाउन उक्त शिविरको आयोजना गरिएको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका मेडिकल डाइरेक्टर डा.गोबिन्द रोकायाले जानकारी दिनु भएको छ ।

कञ्चनपुरमा आएको वर्षातपछि को बाढीले अति प्रभावित भएका क्षेत्रहरुमा गएर निशुल्क स्वास्थ्य शिविर र निशुल्क रुपमा औषधीहरु वितरण गरेको बताउनु भयो । आफनजो समाजिक उत्तरदायित्व कार्य अन्तरगत मन्त्रले विद्यालयमा, जेष्ठ नागरिकहरुलाइृ, खेलकुदमा लगायतका विभिन्न क्षेत्रमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयले पनि स्वस्थ्य शिविरको आयोजना गरिदिनु भनेर पत्र पठाएपछि कार्यालय परिसरमै आएर शिविरको आयोजना गरिएको बताउनु भयो । अहिले ब्लड प्रेसरको समस्या, छाला सम्बन्धी, आँखा, कानका समस्याहरु लगायतको उपचार भएको बताउनु भयो ।

यहाँ हुन नसकेका स्वास्थ्य समस्याहरु अस्पताल जान र मन्त्र आयो भने केही छुटमा सेवा दिन सकिने पनि मेडिकल डाईरेक्टर डा. गाविन्द रोकायले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय कञचनपुरका सुचना अधिकारी डिएसपी उमेश जोशीले ५० जना प्रहरी र ३२ जना थुनुवाहरुको स्वास्थ्य चेकजाँच भईरहेको बताउनु भयो ।

प्रहरीले चौबिसै घण्टा फिल्डमा खटिनु पर्ने अवस्थामा सबैको स्वास्थ्य राम्रो हुनुपर्ने अवस्थामा र कामको व्यस्तताले आफनो स्वास्थ्य चेकजाँच गर्न पनि समय नमिल्ने भएपछि मन्त्र अस्पताललाई गरिएको आग्रहमा यो शिविरको आयोजना गरिएको बताउनु भयो ।

काम गर्ने दौरानमा आफनो स्वास्थ्यमा भएको समस्याको पनि थाहा नहुने भएर यो स्वास्थ्य शिविरमा आफनो स्वास्थ्यमा भएको रोगको पनि जानकारी हुने र उपचार गर्न पनि सजिलो होस भनेर यो शिविरको आयोजना गरिएको बताउनु भयो ।

साथै, उहाँले यो शिविरमा प्राविधिक सहयोग गर्ने मन्त्र अस्पताललाई धन्यवाद व्यक्त गर्नु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.