गृहमन्त्री लेखकको पहलमा महाकाली अस्पतालमा करोडौका स्वास्थ्य उपकरण आउँदै

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकको पहलमा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा करोडौका स्वास्थ्य उपकरण आउने भएका छन् । ल्याबमा प्रयोग हुने अत्याधुनिक उपकरणहरु महाकाली प्रादेशीक अस्पतालमा आउने भएका हुन् ।

छिटो छरितो काम गर्न सजिलो हुने खालका उपकरणहरु महाकाली प्रादेशिक अस्पतालमा पठाईने नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दिपकराज भट्टले जानकारी दिनु भयो । स्वास्थ्य सेवा विभाग संगको निरन्तर समन्वय पश्चात् कÞरीब एक करोड पचास लाख बराबरको स्वास्थ्य सामग्री महाकाली प्रादेशिक अस्पतालका लागि पठाउने तयारी भएको बताउनु भयो ।

उहाँले गृह मन्त्री लेखकको पहलमा र भीमदत्त नगरपालिकाका उपप्रमुखको निलम लेखकको विषेश सक्रियतामा विभिन्न स्वास्थ्य सामग्रंीहरु महाकाली अस्पतालको लागी तयारी अवस्थामा रहेको बताउनु भयो । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले महाकाली अस्पतालमा अझै थप स्वास्थ्य सेवा प्रदान गर्नका लागी गृह मन्त्री रमेश लेखक ज्युको विषेश पहलमा महाकाली अस्पतालमा लगभग डेढ करोडका विभिन्न स्वास्थ्य सामग्रीहरु ल्याउन सफल भएको बताउनु भयो ।

यो कञ्चनपुरबासीका लागी पनि खुसीको कुरा भएको र कम खर्चमा छिटो गुणस्तरिय स्वास्थ्य सेवा प्रदान हुने जानकारी दिनु भयो । अब महाकाली अस्पतालमा थप स्वास्थ्य सेवा प्रदान गरिने र गरिब, विपन्नहरुको उपचार हुने, टाढाबाट आउनेको स्वास्थ्यमा उपचार गर्नमा सहज कम खर्चमा महाकाली प्रादेशिक अस्पतालमा उपचार हुने बताउनु भयो ।

अब उपचार गर्न भारत तथा धनगढीमा जान नपर्ने गरी विषेशज्ञ चिकित्सकहरुको पनि व्यवस्थापनमा आफु खटिएको उपप्रमुख लेखकले बताउनु भयो ।

महाकाली प्रादेशिक अस्पतालका नाक कान घाँटी रोग विषेशज्ञ एवम नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष प्रशान्त भट्टले ल्याबमा अब काम गर्न सहज र विरामीहरुले पनि छिटो र सहज तवरले सेवा पाउने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.