महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरमा रहेको एक सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । शनिवार श्री शहिद स्मृती सामुदायिक वनमा स्थानिय वनका सदस्यहरु, नेपाली सेना, नेपाल प्रहरीहरुले करिब १२ सय विभिन्न प्रजातीका बोटहरु रोपिएका हुन् ।
श्री शहिद स्मृती सामुदायिक वनका अध्यक्ष कर्णबहादुर विष्टले जिल्ला वन कार्यालयले ६ सय सालका बोटहरु, विभिन्न फलफुलका बोटहरु ४ सय र अन्य २ सय गरी १२ सय बोट विरुवाहरु रोपण गरिएको बताउनु भयो । चुरेको फेदमा रहेको सामुदायिक वनको संरक्षण गर्न अति आवस्यक रहेको बताउँदै, अहिले चुरेको दोहन बढ््दै गईरहेको अवस्थामा विपदको जोखिम पनि बढ्दै गईरहेको बताउनु भयो ।
चुरेलाई संरक्षण गरिएन भने कञ्चनपुरै डुवानमा पर्ने विपदका घटनाहरु बढने भएकाले सबैले मिलेर चुरेमा रहेका वनहरुलाई पनि संरक्षण गरिनु पर्ने अध्यक्ष विष्टले बताउनु भयो । चुरे संरक्षण सञ्जाल कञ्चनपुर नेपालको अध्यक्ष रविन्द्रबहादुर कुँवरले पछिल्लो समय विपदका घटनाहरु बढ्दै गईरहेको र तराँईमा विषेश गरेर बाढी डेवानले गर्दा कतिपय व्यक्तीहरुले अकालमा ज्यान गुमाउनु पर्ने घरबार गुमाउनु पर्ने
अवस्थाको सिर्जना भईरहेको समयमा सबैले आआफनो वन क्षेत्रमा वृक्षारोपण गर्ने, सामुदायिक वनलाई संरक्षण गर्ने हो भने सबै सुरक्षित रहने बताउनु भयो । साथै उहाँले बाहिरको विरुवा भन्दा रैथाने विरुवाहरु ल्याएर रोप्नु पर्ने आयु लामो भुक्षयलाई रोक्ने खालको विरुवाहरु लगाउनु पर्नेमा जोड दिनु भयो ।
यस्तै, स्थानिय शंकरदत्त विष्टले पर्यावरणिय र वातावरणीय दृष्टीकोणले पनि अति आवस्यक रहेको चुरे क्षेत्रमा रहेका वनमा यसरी गरिने वृक्षारोपणले स्थानिहरुलाई बढी फाईदा हुने बताउनु भयो । पछिल्लो समयमा जलवायु परिवर्तनले गर्दा आमजनताहरुलाई बढी समस्या भईरहेको अवस्थामा सामुदायिक वन लगायत सबैले आफनो क्षेत्रमा वृक्षारोपण गरिनु बताउनु भयो ।
Comments are closed.