आईतवार परेको अविरल वर्षातले भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रहरु डुवानमा

महेन्द्रनगर । आईतवार परेको अविरल वर्षातले भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रहरु डुवानमा कटानी र पटानीमा परेका छन् । वर्षातले आएको बाढीले भीमदत्त नगरपालिका २, ३,७, ९, १०, ११, १२, र १८ का क्षेत्रहरुमा डुवान भएको छ भने कतिपय क्षेत्रमा कटानी पटानी भएको छ ।

खनिया खोलामा तटबन्धमा पनि क्षती भएको भीमदत्त नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिकाको खोलानाला क्षेत्रमा रहेका वस्तीमा समेत क्षती भएको छ । उता, ब्रह्मदेब बजार डुबानमा परेको छ । चुरेबाट आउने गहताडी खोलाको बाढी पसेपछि बजार डुबानमा परेको छ ।

बाढीले बजार सहित आशपासका वस्ती पनि डुबानमा छन् । ब्रम्हदेबका नारायण सिह महताले गहताडी खोलाको सतह बृद्धि भएर ब्रम्हदेब गाँउमा आएको गाँउमा आएको वाढी बजारमा पुगेको बताए । ‘अरु बेला यसरी सित्तैमा खोलाको सतह बृद्धि हुँदैन्थ्यो, ‘उनले भने, ‘यस पटक खोलाको वहाव बढेर गाँउमा उल्टिएको छ ।’ ब्रम्हदेब सीमावर्ती बजारमा तीन सय पसल डुबानमा परेर व्यवसायीको लाखौँको समान भिजेर नष्ट भएको उनले बताए ।

गहताडी खोलाको डुवानले ब्रम्हदेब बजार सहित आसपासका गाँउबस्ती, खल्लामछेट्टीमा समेत डुबान भएको छ । ब्रम्हदेब र खल्लामछेट्टीको विच भएर महाकालीमा मिसिने गहताडी खोला एक्कासी उर्लिएपछि खेतीयोग्य जमिन कटान, गाँउबस्ती बजार डुवानमा परेको छ ।

यस्तै भाँसी खोलाले भीमदत्त नगरपालिका २ जनज्योतीटोलदेखि भण्डारी टोलहुँदै निम्बुखेडासम्म तटिय क्षेत्रका स्थानीयका घर डुवानमा परेका छन । भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाले उत्तरी भेग र पहाडमा परेको बर्षातले भाँसी खोलामा आएको वाढीले दर्जनौँ घर डुवानमा परेको बताए ।

‘यहाँ पानी परेको छैन, तर पनि खोलामा आएको वाढीले डुवान गरिसक्यो, ‘उनले भने, ‘भीनपा १८ निम्बुखेडा भण्डारी टोलमा पटानले चार÷पाँच घर जोखिममा परेका छन ।’

सम्बन्धित

Leave A Reply

Your email address will not be published.