महेन्द्रनगर । कञ्चनपुरमा रहेको एक वित्तिय संस्थाले आफना बाढी पिडित सदस्यहरुलाई खाद्यन्न र त्रिपाल सहयोग गरेको छ । सोमवार एक कार्यक्रमको आयोजना गर्दै नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडले असारमा परेको वर्षात पछि आएको बाढीले प्रभावित भएका आफना १ सय ४० जना सदस्यहरुलाई खाद्यन्न र त्रिपाल सहयोग गरेको हो ।
भीमदत्त र वेदकोट नगरपालिकामा १ सय ४०, दोधाराचादनी नगरपालिकामा १ सय २५ र बेलौरीमा ५५ जना बाढी पिडित सदस्यहरुलाई खाद्यन्न र त्रिपाल सहयोग गरिएको हो । प्रति परिवार एक बोरा चामल, १ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन सहित एक त्रिपाल वितरण गरिएको छ । भने, बेलौरीका ५५ वाढी पीडितलाई त्रिपाल बाहेक अन्य खाद्यान समाग्री वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवम बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले प्राकृतिक प्रकोपलाई कसैले पनि रोक्न नसक्ने भएकाले विपदमा आएको पिडामा यो संस्थाले केही थोरै भएपनि पिडामा मलहम लगाउने काम गरेको बताउनु भयो । साथै संस्थाप्रती सबैले वफादारी देखाएर काम गर्नु पर्ने, र यो दुखको बेलामा अन्य संघसंस्थाहरुले पनि सहयोग गर्नुपर्ने बताउनु भयो ।
स्थानीय सहितका तीनै तहका सरकारले गर्न नसकेको काम लघुवित्तले गरेको भन्दै धन्यवाद व्यक्त गर्नु भयो । उपप्रमुख जोशीले संकटका बेला सरकारको मुख ताक्नु भन्दा सरोकारवाला पक्षले पीडितका लागि यसरी नै सहयोग गर्नुपर्ने बताउनु भयो । नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम प्रशाद यादवले विपद्का बेला प्रभावित भएका संस्थाका ग्राहक सदस्यहरुलाई संस्थाबाट सक्दो खाद्यान्न एव गैर खाद्यान्न राहत समाग्री वितरण गरिएको बताए ।
नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत यादवले विपद्, महामारीका बेला संस्थाबाट यसरी नै आफ्ना सदस्यहरुलाई अति आवश्यकीय बस्तु तथा खाद्यान्न समाग्री वितरण गर्दै आएको बताए । नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडका सुडा कञ्चनपुरका शाखा प्रमुख मिना रिजालले लघुवित्तिय संस्थामा आबद्ध रहेका समुहका ग्राहक सदस्य जो वाढी पीडित भए उनीहरुलाई संस्थाबाट समाजिक उत्तरदायित्व अन्र्तरगत सक्दो राहत वितरण गरिएको बताईन ।
यो विपद्का बेला हामीले हाम्रा ग्राहक सदस्यहरुको पीडा मनन गर्दै स्थानीय, संघीय सरकारसग समन्वय गरेर पीडितलाई राहत वितरण गरेका छौँ, ‘उनले भनिन, ‘आगामी दिनमा पनि विपद्का बेला ग्राहकका लागि सक्दो सहयोग गछौँ ।’ नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेड अत्तरिया कैलाली शाखा प्रमुख मनोज पण्डितले लघुवित्तबाट पीडितको घाउमा मलम लगाउने काम भएको बताए ।
उनले गत असार अन्तिम साता कैलाली, कञ्चनपुरमा आएको वाढीले पीडित भएका संस्थाका सदस्यहरुलाई केही दिनका लागि जिवनमा आईपर्ने समस्या टार्न राहत दिएको बताए । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत सरिता पन्थीले संकटका बेला लघुवित्तमा आबद्ध भएका ग्राहक सदस्यहरुलाई वितरण गरिएको राहतले पीडितका दैनिक समस्यामा केही सुधारका लागि टेवा पुग्ने बताईन ।
जनप्रतिनिधीले समेत नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडबाट आफ्ना ग्राहक सदस्यहरुलाई राहत वितरण कार्यक्रम प्रभावकारी भएको बताएका छन । राहत पाएपछि नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडका ग्राहक सदस्य भीमदत्त नगरपालिका १९ की मानमती डगौराले यो खुखको समयमा केही राहत पाएकोमा हर्षित भएको बताउनु भयो ।
स्थानीय सरकारले पीडित भएको लामो समयसम्म पनि राहतका लागि वास्ता नराखेको अवस्थामा लघुवित्तबाट राहत पाएको भन्दै खुसी व्यक्त गर्नु भयो ।
Comments are closed.